चौँथो प्रदेश सभा सम्पन्न

चौँथो प्रदेश सभा सम्पन्न २०७९ असार १० गते शुक्रबार  नेपाल उद्योग वाणिज्य महासंघको चौथौ प्रदेश सभा  सम्पन्न भएको थियो । प्रदेश  अध्यक्ष कृष्णप्रसाद शर्माज्यूकोे अध्यक्षतामा एवं नेपाल सरकारका माननीय गृह मन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष शेखर गोल्छाज्यूको  विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।  अध्यक्ष कृष्णप्रसाद शर्माज्यूले  उक्त सभामा उपस्थित प्रमुख अतिथि, विशिष्ठ अतिथि लगायत सम्र्पूणलाई स्वागत गर्दै सरकारका अस्थिर नीतिको कारण उद्योगी व्यावसायीहरूलाई सहज रूपमा कारोवार गर्न समस्या परेको, भैरहवा र नेपालगञ्गमा क्ष्ऋए निर्माण गरिनुपर्ने, विभिन्न भन्सार नाकाहरुको स्तरउन्नती गरिनुपर्ने ,  बैंकहरूको चर्को ब्याजदर कम गर्नु पर्ने ,कोरोनाको कारण प्रभावित पर्यटन उद्योगीहरू तथा साना तथा मझौला उद्योगी व्यावसायीहरूलाई पुर्नउत्थान कार्यक्रम प्रदान गरिनुपर्ने, उद्योगहरुका गुणस्तरीय विद्युत वितरण गरिनुपर्ने, लगायत लुम्बिनी प्रदेश सरकारका विकास निर्माणका कामहरू समयमै सम्पन्न गर्न  नेपाल सरकार समक्ष माग गर्नु भएको थियो ।  । समारोहका नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ट उपाध्यक्ष चन्द्रप्रसाद ढकालज्य,ू जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठज्यू, एशोसियट उपाध्यक्ष अन्जन श्रेष्ठ, वस्तुगत उपाध्यक्ष रामचन्द्र संघाइ लगायतले सरकारले निजी क्षेत्रको भवना बुझ्न नसकेको विचारहरु व्यक्त गर्नु भएको थियो । विशिष्ट अतिथि   देशको समृद्धिको लागि निजी क्षेत्र सरकार संग सहकार्य गरेर जान चाहेको विचार व्यक्त गर्दै  प्रदेश शभाको  सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । विशेष अतिथि लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेश क्षेत्रीज्यूले प्रदेश सरकार प्रदेशको अर्थिक विकासको लागि निजी क्षेत्र संग सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो । 
। प्रमुख अतिथि माननीय गृह मन्त्री बालकृष्ण खाँडज्यूले सरकार निजी क्षेत्र मैत्री रहेको र विद्यमान विश्व आर्थिक  परिस्थितिले निम्त्याएको समस्या समाधानमा सरकार गम्भीर रहेको तथा  उद्योगी व्यावसायीका केहि समस्याभए सरकार तयार रहेको प्रतिवद्धता व्यक्त गर्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । 
उक्त चौँथौ प्रदेशमामा लुम्बिनी प्रदेशमा रहेको ३७ वटा जिल्लानगर, गाँउपालिका स्तरीय उद्योग वाणिज्य सघंहरुका अध्यक्ष लगायत पदाधिकारीहरू, एशोसियट सदस्यज्यूहरु , महासंघका केन्द्रिय सदस्यज्यूहरु, प्रदेश अध्यक्षज्यूहरु संचारकर्मि तथा उद्योगी व्यावसायीहरुको सहभागिता रहेको थियो । उक्त चौथौ प्रदेश सभको अवसरमा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशको सचिवालयको प्रभावकारी संचालन तथा सोको लागि कार्यकक्ष उपलब्ध गराई महत्वपूर्ण सहयोग गरेबापत सिद्धार्थ उद्योग वणिज्य संघ, रुपन्देही र पूर्वाधारको लागि आर्थिक सहयोग उपलब्ध गराए बापत सिद्धार्थनगर नगरपालिका कार्यालयलाई प्रमाण पत्र सहित विशेष सम्मान प्रदान गरिएको थियो । 
समुदेघाटन पश्चात नेपाल उद्योग वाणिज्य संघका अध्यक्षज्यू लगायत पदाधिकारीहरु र जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरु विच अन्तक्रिया कार्यक्रम को आयोेजना गरी महासंघले खेल्लु पर्ने भुमिका बारे छलफल गरिएको थियो ।