मेला महोत्सव निजी क्षेत्रका संघ संस्थाले मात्र गर्ने वातावरण निर्माण गरिनुपर्ने धारणा व्यक्त
मिति २०८३ मंसिर ३ गते तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा आयोजित नवौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि प्रविधि एवं पर्यटन प्रवद्र्धन महोत्सव – २०८३ को समुद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठज्यूले बिशिष्ठ अतिथिको रुपमा सम्बोधन गुर्नु हुँदै ८५ प्रतिशत भन्दा बढी रोजगारी सृजन गर्ने निजी क्षेत्र अहिले लगानीको वातावरण, बजारको अनिश्चितता, उत्पादन लागत, अस्थिर राजनिती तथा अस्थिर नीतीगत समस्याबाट गुज्रीरहेको , मनोबल कमजोर रहेको अवस्थामा सरकारले उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने स्थिर, स्पष्ट र दीर्घकालीन औद्योगिक तथा व्यावसायिक नीति निर्माण गर्नु पर्ने तथा निजी क्षेत्रलाई राजस्वको स्रोतका रूपमा मात्र नभई रोजगारी र आर्थिक समृद्धिको साझेदारका रूपमा हेर्न सरकारलाई अनुरोध गर्देसाथै मेला महोत्सव निजी क्षेत्रका संघ संस्थाहरुले मात्र गर्ने वातावरण निर्माणमा जोड दिनुपर्ने धारणा सहित महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।