राष्ट्रिय महिला उद्यमी समिति सम्मेलन बारे छलफल

राष्ट्रिय महिला उद्यमी समिति सम्मेलन बारे छलफल
 
मिति २०८० साउन २८ गते नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश सचिवालयमा नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी समितिको  आयोजनामा गरिने राष्ट्रिय महिला उद्यमी सम्मेलनबारे छलफल कार्यक्रमको आयोजना गरियो । नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समिति सभापति श्रीमती कमाल श्रेष्ठज्यूको अध्यक्षता तथा प्रदेश अध्यक्ष श्री कृष्णप्रसाद शर्माज्यूको प्रमुख आतिथ्यमा भएको छलफल कार्यक्रमकमा उक्त सम्मेलन लुम्बिनी प्रदेश रुपन्देही भैरहवा आयोजना गर्दा उपयुक्त हुने धारणा सहित महासंघको प्रतिष्ठा संग गांसिएको सम्मेलन भएकोले सबैले सम्मेलन सफल पार्न आफ्नो आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । उक्त छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका  लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने कार्यकारिणी सदस्यज्यूहरु, प्रदेशका पदाधिकारी एवं कार्यसमिति सदस्यज्यूहरु महिला उद्यमी सदस्यहरुको  उपस्थिति रहेको थियो ।