अघोषित लोड लोडसेडिङ्गउद्योग संचालनमा समस्या

अघोषित लोड लोडसेडिङ्गउद्योग संचालनमा समस्या
२०७९ बैशाख २२ गते 

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वयमा विगत केहि दिन देखि रुपन्देहीका उद्योगीहरुले भोग्नु परेको अघोषित विद्युत  कटौतीको समस्या सम्बन्धमा छलफल कार्यक्रमको आयोजना गरियो ।

विगत केहि हप्ता देखि रुपन्देहीका औद्योगिक कोरिडोरहरुमा पर्याप्त विद्युतको अभाव देखाउादै विद्युत प्राधिकरणबाट विद्युत कटौती गरिएकोमा तत्काल समस्याको समाधान नभए उद्योगहरु नै बन्द गर्नु पर्ने अवस्था आएको उद्योगीहरुले बताएका थिए भने यस्तै समस्या रहिरहेमा आन्दोलनको कार्यक्रम समेत गर्नु पर्ने बताएका थिए । छलफलमा विद्युत प्राधिकरणले नेपाल अधिराज्य भरिनै समानुपातिक रुपले विद्युत वितरण गर्नु पर्ने तथा विद्युत नियमित रुपमा दिन नसक्ने भए लोडसेडिफ्को तालिका दिनु पर्ने बताएका थिए । 

छलफलको क्रमममा प्रदेश अध्यक्ष श्री कृष्ण प्रसाद शर्माले उद्योगीको यस विषयमा सिद्धार्थ उद्योग वाणिज्य संघले समेत पहल गरिरहेको तथा समस्या गम्भीर भएकोले प्रदेश  उद्योग वाणिज्य संघको तर्फबाट उद्योगीको समस्या समाधानको लागि सरोकारवाला निकाय सहित उर्जा मन्त्रालय सम्म आफुहरुले पहल गर्ने बताउनु भएको थियो । उक्त छलफलको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, राजेश कुमार अग्रवाल, सिद्धार्थ उद्योग वणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपाने लगायत उद्योगीहरुको उपस्थिति रहेको थियो ।