माननीय मुख्य मन्त्रीज्यूसंग भेटभाट तथा प्रादेशिक विकास सम्बन्धमा सुझाव पत्र प्रदान

माननीय मुख्य मन्त्रीज्यूसंग भेटभाट तथा प्रादेशिक विकास सम्बन्धमा सुझाव पत्र प्रदान
मिति २०८३ जेष्ठ १३  गते अध्यक्ष श्री ठाकुरकुमार श्रेष्ठज्यू लगायतको टोलिले लुम्बिनी प्रदेश सरकारका माननीय मुख्य मन्त्री चेनारायण आचार्यज्यू संघ मुख्य मन्त्रीको सचिवालयमा भेटघाट गर्नु भयो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशबाट लुम्बिनी प्रदेशको आर्थिक बिकास तथा उद्यागी व्यवसायीहरुका समस्या समाधान बारे छलफल र सुझाव पत्र प्रदान गर्दैै आगमी आर्थिक बर्षको प्रदेशको आर्थिक नीति तथा कार्यक्रम मार्फत सम्बोधनका लागि अनुरोध गर्नु भएको थियो । साथै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको सचिवालय निर्माणका लागि प्रदेश राजधानीमा जग्गा र आवश्यक बजेट बिनियोजनका लागि समेत अनुरोध गर्नु भएको थियो । छलफलको क्रमका माननीय मुख्य मन्त्रीज्यूले लुम्बिनी प्रदेश सरकार प्रदेशका निजी क्षेत्र संग सहाकार्य गरेर अगाडी बढ्न तयार रहेको बताउनु भएको थियो ।