उद्योगी व्यवसायीका समाधान गरिनुपर्ने माग

उद्योगी व्यवसायीका समाधान गरिनुपर्ने माग २०७९ बैशाख २७ गते 

नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको आयोजनामा माननीय गृहमन्त्री बालकृष्ण खाँड समक्ष यस क्षेत्रका उद्योगी व्यवसायीका समसामयिक विषयमा आवश्यक छलफल सम्पन्न गरियो । 

ट्रंक लाईनको विद्युत महशुल समस्या, विद्युत आपूर्तिमा भएको असहजता, अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको संचालन, बुद्ध जयन्तीको कार्यक्रम र समग्र रुपमा यस क्षेत्रका वर्तमान अवस्थामा देखिएका समस्याबारे आवश्यक छलफल गरिएको थियो । यसै गरी रुपन्देहीमा देखिको विद्युत समस्या समाधानको लागि बुटवल-मैनहिया प्रसारण लाईन, हेटौडा-भरतपुर-बर्दघाट २२० के.भी.को डबल सर्किट प्रसारण लाइनका विनायक त्रिवेणी गाउापालिका वडा नं २ साविक दुम्कीबास क्षेत्रका स्थानीयले गरेको अवरोधका कारण टावर नं १९८ र १९९ नम्बरको कामहरु शीघ्र सम्पन्न गरी बुटवल ग्रीडमा जोड्नु पर्ने माग समेत गराएको थियो । 

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सिद्धार्थ उवासंघको समन्वयमा गरिएको थियो । कार्यक्रममा का.वा. अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्य महेन्द्र कुमार श्रेष्ठ लगाएतले उद्योगी व्यवसायीहरुको समस्या समाधान गरिनु पर्ने माग गरेका थिए ।