प्रदेश सरकारका विभिन्न माननीय मन्त्रीहरुसंग भेटघाट तथा छलफल ः

प्रदेश सरकारका विभिन्न माननीय मन्त्रीहरुसंग भेटघाट तथा छलफल ः
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री ठाकुर कुमार श्रेष्ठज्यूको नेतृत्वमा रहेका टोलीद्धारा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय घनेन्द्र कार्किज्यू ,  समाजीक विकास मन्त्री माननीय जन्मजय तिमिल्सीना एवं उद्योग, पर्यटन तथा यातायात मन्त्री माननीय प्रचण्ड बिक्रम न्यौपाने संग छुट्टा छुट्टै भेटघाट तथा छलफल गरी प्रदेशको तर्फबाट लुम्बिनी प्रदेशका उद्योगी व्यवसायीहरको हकहित, निजी क्षेत्रको प्रवद्र्धन, पर्यटकीय विकास, र उद्योग वाणिज्य संघहरुको संस्थागत विकास, उद्यमशीलता बिकासका बिषयमा तयार  प्रस्तावपत्र हस्तान्तरण गरी आगामी बजेट मार्फत बजेट बिनयोजनको माग गर्नु हुँदै प्रदेशका लगानी मैत्री बातावरण निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय सहकार्यलाई थप प्रभावकारी बनाउनु पर्ने सन्र्दभमा छलफल गर्नु भएको थियो ।