वजेटमा बढेको कर अन्त शुल्क ले उद्योग व्यवसायमा पारेको समस्या समाधान बारे छलफल

वजेटमा बढेको कर अन्त शुल्क ले   उद्योग व्यवसायमा पारेको समस्या समाधान बारे छलफल
मिति २०७९   जेठ  २७ गते नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशका अध्यक्ष श्री कृष्ण प्रसाद शर्माज्यूको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौका केन्द्रिय उपाध्यक्ष श्री दिनेश श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा आर्थिक वजेट २०७९ ले उद्योग व्यवसायमा पारेको असर  सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघले खेल्नु पर्ने भुमिका विषयक छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशका अध्यक्ष श्री कृष्ण प्रसाद शर्माज्यू लगाएत उपस्थित उद्योगी तथा एशोसिएट सदस्यज्यू बाट वजेटमा बढेको कर अन्त शुल्क ले   उद्योग व्यवसायमा पारेको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायमा पहल गरीदिन भनि नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौका केन्द्रिय उपाध्यक्ष श्री दिनेश श्रेष्ठज्यू मार्फत अपिल गर्नु भएको  थियो उक्त कार्यक्रममा सम्बन्धित उद्योगी हरुको सभागिता रहेको थियो