संस्थागत रणनीतिका प्रतिबेदन मस्यौदा छलफल

संस्थागत रणनीतिका प्रतिबेदन मस्यौदा  छलफल जिआई जेड संस्थाको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको सहकार्यमा  नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा संस्थागत रणनिती विकाश मस्यौदा विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम यस महासंघका अध्यक्ष श्री कृष्ण प्रसाद शमा ज्यूको अध्यक्षतामा  सम्पन्न भएको छ । जिआई जेड बाट नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको संस्थागत विकासका लागि तयार परिएको रणनीतिका मस्यौदामा छलफल, परिमार्जन तथा अल्पकालीन कार्यक्रम तथा त्यसका संयोजकहरु तोकिएको थियो  । छलफल पश्चात अध्यक्षज्यूले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको संस्थागत विकासका लागि जिर्आइ जेड बाट तयार पारिएको रणनीतिक मस्यौदा  महत्पूर्ण हुने र सो तयार गरी सहयोग गर्नुभएकोमा जीआई जेडका दिप्ती खकुरेल, रामचन्द्र लामिछाने , दिलिप गुरुङ्ग लगाएत  सबै टिमलाई धन्यवाद तथा आभार व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो ।  उक्त  छलफल तथा अन्तरक्रिया कार्यक्रममा महासंघका कार्यकारिणी सदस्य , पदाधिकारी, सल्लाहाकार सदस्य र उपसमिती सदस्य समेतको सहभागिता रहेको ।