बिपदमा व्यवसायिक निरन्तरता सम्बन्धी तालिम

बिपदमा  व्यवसायिक निरन्तरता सम्बन्धी तालिम मिति २०७९ साउन १५ गते नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा उद्योग वाणिज्य महासंघको सहकार्यमा बिपदमा व्यवसायिक निरन्तरतासम्बन्धी एकदिने तालिम आइतबार भैरहवामा सम्पन्न भएको छ । 
तालिम कार्यक्रममा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माज्यूले विभिन्न प्रकारका बिपदबाट सिर्जित समस्याहरुमा आफ्नो उद्योग व्यवसायलाई कसरी निरन्तरता दिने विषयमा योजना कसरी बनाउने भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भएको थियो । तालिममा २५ वटा जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी, लुम्बिनी प्रदेश अन्तर्गत बिपद व्यवस्थापन अधिकृत, फोकलपर्सन,उद्योगीहरु लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक किशोर कुमार प्रधानज्यूले तालिमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने प्रमुख अतिथि सिद्धार्थ नगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानज्यूले विपद पश्चात आइपर्ने व्यवस्थापनका लागि सिद्धार्थनगर नगरपालिका निजी क्षेत्र संग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।  प्रदेश महासंघका जिल्ला नगर उपाध्यक्ष बालकृष्ण सुेवेदीज्यूको संचालनमा भएको कार्यक्रमको तालीम सत्रको सहजिकरण  नेपाल उद्योग वाणिज्य  संघ का विपद ब्यवस्थापन विज्ञ श्याम ज्ञवली तथा बरिष्ठ अधिकृति रजनी नेपाले गर्नु भएको थियो ।