अन्तराष्ट्रिय कार्गो आयत निर्यात सम्बन्धी अन्तरक्रिया कार्यक्रम

अन्तराष्ट्रिय कार्गो आयत निर्यात सम्बन्धी  अन्तरक्रिया कार्यक्रम  
२०७९।५।२४ नेपाल उद्योग वाणिज्य महासंघ  लुम्बिनी प्रदेशको सहजीकरण तथा नेपाल फ्रैट फरवाडर्स एशोसियनका तथा  गते फ्रेट फरवार्डरस एशोसिएसन को आयोजना र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल बाट अन्तराष्ट्रिय विमान स्थलको सहकार्यमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल बाट अन्तराष्ट्रिय कार्गो आयत निर्यात सम्बन्धी अध्यन प्रवद्र्धन सम्बन्धमा सरोकारवाला संगे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । नेपाल फ्रेट फरवार्डरस एशोसिएसन का अध्यक्ष श्री मनोज अधिकारीको सभापतित्व र प्रतिनिधी सभा सदस्य माननिय श्री प्रमोद यादव ज्यूको प्रमुख अतिथ्यमा कार्यक्रम आयोजन गरिएको थियो ।  नेपाल फ्रेट फरवार्डरस एशोसिएसनबाट यस क्षेत्रका उद्योगी व्यवसायीहरुलाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल बाट अन्तराष्ट्रिय कार्गो आयत निर्यात गर्न प्रोत्साहित गरी कार्यक्रम आयोजना तथा सहजिकरण गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशलाई धन्यवाद दिनुभएको थियो गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल बाट अन्तराष्ट्रिय कार्गो आयत निर्यात गर्न विमानस्थलमा आवश्यक पर्ने आयत निर्यात गर्ने वस्तुको भण्डारण तथा चिस्यान र अन्तराष्ट्रिय स्तरको प्रयोगशाला समेतका भौतिक पूर्वाधारहरु समयमै सम्पन्न गर्ने तर्फ बिषेष ध्यान दिनुपर्ने सुझाव नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट प्रदान गरिएको थियो  थियो । कार्यक्रम मा महासंघका कार्यवाहक अध्यक्ष बालकृष्ण सुबेदीज्यु ले विमानस्थल लुम्बिनी प्रदेशको आर्थिक बिकाशमा महत्तोपुर्ण रहेकोले प्रभावकारी संचालनमा ध्यान दिनु पर्ने बिचार ब्यक्त गर्नुभएको थियो . भने कार्यक्रमका अध्यक्षले छलफल कार्यक्रम उठाईएका जिज्ञासाहरु सम्बोधन गर्दै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय कार्गो आयत निर्यातमा परेका समस्या समाधानको लागि प्राथमिकताको आधारमा पहल गरीने र सम्बन्धित मन्त्रालयको समेत ध्यानआर्षण गराउने विचार व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमाम विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारीहरु तथा उद्यागी व्यवसायीहरुको सहभागिता रहेको थियो ।