दुईदिने कार्यशाला भैरहवामा सम्पन्न

दुईदिने कार्यशाला भैरहवामा सम्पन्न

भैरहवा १८ कात्तिक ।
नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं र लुम्बिनी प्रदेश च्याप्टरको संयुक्त आयोजनामा दुई फरक विषयमा २ दिन २ वटा कार्यशाला भैरहवामा सम्पन्न भएका छन । आईएलओ नेपालको सहयोगमा सञ्चालित २ दिने कार्यक्रममध्ये पहिलो दिन उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग समाजिक संरक्षण तथा सामाजिक सुरक्षाका बारेमा छलफल भएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा,ज्यु को अध्यक्षतामा सम्पन्न सो कार्यशालामा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौका वरिष्ठ विज्ञ हंसराम पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए । सामाजिक सुरक्षामा रोजगारदाताको अवधारणापत्र तयार गर्ने कामका लागि परामर्शदाता प्राध्यापक दिपेश घिमिरेले प्रस्तुतीकरण गरेका थिए ।

 

त्यसै गरी दोस्रो दिन शुक्रबार (आज) कार्यस्थलमा हुने हिंसा यौनजन्य दुव्र्यवहार सम्बन्धमा आइएलओ अभिसन्धी १९०, यौनजन्य हिंसा र दुव्र्यवहार न्युनीकरण ऐन २०७१ का सथै कार्यस्थलमा यौनजन्य दुव्र्यवहारसम्बन्धी प्रतिष्ठानस्तरका लागि नमूना आचारसंहिताका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने लगायतउद्योग प्रतिष्ठानका व्यवस्थापक, मानव संशाधन हेर्ने  म्यानेजर र उद्योगी व्यवसायीको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षक एवं वरिष्ठ विज्ञ हंसराम पाण्डे, परियोजना व्यवस्थापक एवं सहायक निर्देशक हरि पौडेलले सहजीकरण गरेका थिए ।