बेलायती सैनिक अधिकृतहरु संग अन्तरक्रिया कार्यक्रम 

बेलायती सैनिक अधिकृतहरु संग अन्तरक्रिया कार्यक्रम 

मिति २०८० बैशाख २७ गते नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले लण्डन स्थित Royal college of defence studies -RCDS का सैनिक कमान्डर तथा अधिकृतहरुको अध्ययन टोली संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका थियो । अन्तरक्रिया कार्यक्रममा विदेशी पाउनाहरुलाई स्वागत गर्दै अध्यक्ष कृणप्रसाद शर्माज्यूले नेपालको प्रथम मित्र राष्ट बेलायतबाट नेपालको विकासका लागि गरेका सहयोयगक लागि धन्यबावद दिँदै विश्व शान्तिको मुहान गौतमबुद्धको जन्म स्थलमा यँहाहरुलाई सबै निजी क्षेत्रको तर्फबाट स्वागत गर्नु हुँदै लुम्बिनी प्रदेश आर्थिक तथा पर्यटकिय रुपमा सम्भावनाको प्रदेश रहेको विचार व्यक्त गर्नु भएको थियो ।  बेलायती राजदुताबासको अनुरोधमा अध्ययन भ्रमणमा रहेका विदेशि विशिष्ठ अधिकृतहरु संग लुम्बिनी प्रदेशको आर्थिक सम्भावना र चुनौती बारे अन्तरक्रिया गरिएको थियो । उक्त टोलीमा बेलायती सैनिक अधिकृतहरु संगै नेपाली सेनाका कमान्डर तथा अधिकृतहरु र बेलायती दुतावासका अधिकृतहरुको सहभागिता रहेको थियो ।