महासंघ लुम्बिनी प्रदेश अध्यक्ष र इण्डोनेसियाका राजदुत बीच व्यवसायीक छलफल 

महासंघ लुम्बिनी प्रदेश अध्यक्ष र इण्डोनेसियाका राजदुत बीच व्यवसायीक छलफल 
 
मिति २०८०।०२।२७ गते नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्ण प्रसाद शर्मा ,कार्यकारिणी  समिति सदस्य र नेपाल तथा बगंलादेशका लागि इन्डोनेसियका राजदुत महामहिम   Heru Hartanto Suboloलुम्विनी भ्रमणमा आउनुहुदाँ विमानस्थलमा मा स्वागत  गरिएको थियो भने सोहि दिन साँझ महामहिम राजदुत संग नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष को नेतृत्वमा पदाधिकारी सहितको टोली सहित औपचारिक छलपल कार्यक्रम सम्पनन गरिएको थियो । छलफलका क्रकमा  औपचारिक भेटका अवसरमा दुई देश बीचको आर्थिक व्यापारिक सम्बन्ध, लगानी प्रवर्द्धन, साना तथा मझौला उद्योगको विकासमा इन्डोनेसियाको सहयोग  का साथै मुख्य रुपमा इन्डोनेशियाको जकार्ताबाट  गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल भैरहवा सम्म नियमित हवाई उडानका लागि अनुरोध गरिएको थियो ।  सो अवसरमा  महामहिम राजदूत ज्भचग ज्बचतबलतय क्गदययि ले  प्रदेश महासंघसंगको भेट आफना लागि महत्वपुर्ण रहको ,आफ्नो कार्यकालमा जकार्ता र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल बिच हवाई उडान गराई लुम्बिनी र इन्डोनेशियको पर्यटन पर्वद्र्धनमा सहयोग पु¥याउन भूमिका खेल्ले बताउनु भएको थियो । साथै यस बर्ष जुलाई  महिनामा  आयोजना हुने  इन्डोनेशिया अन्तराष्ट्रिय व्यापारिक  महोत्सवमा भ्रमणको लागि निमन्त्रणा समेत दिनु भएको थियो ।  अध्यक्ष कृष्णप्रसाद शर्माज्यूले लम्बिनी प्रदेशलाई महत्व दिदै बुद्ध जन्म स्थल लुम्बिनी भ्रमणमा आउनु भएकोमा  महामहिम राजदुतज्यूलाई धन्यवाद दिनु भएको थियो । इन्डोनशियाको भ्रमण टोलीमा महामहिम राजदुद संगै राजदुटावासका आर्थिक सचिव, र दुईजना ब्यावसायीको सहभागिता रहेको थियो ।