श्रमिकहरूको न्युनतम पारिश्रमिक निर्धारण बिषयकसुझाव संकलन एवं छलफल कार्यक्रम

श्रमिकहरूको न्युनतम पारिश्रमिक निर्धारण बिषयकसुझाव संकलन एवं छलफल कार्यक्रम  
मिति २०८० असार १३ गते नेपाल उद्योेग वाणिज्य महासंघ रोजगारदाता परिषद  एव. नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको आयोजनामा प्रदश स्तरीय श्रमिकहरूको न्युनतम पारिश्रमिक निर्धारण तथा पुनराबलोकन  बिषयकसुझाव संकलन एवं छलफल कार्यक्रम सम्पन्न गरियो । नेपाल उधोग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापती श्री जोत्सना श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश अध्यक्ष श्री कृष्णप्रसाद शर्माले उपस्थित सबैलाई स्वागत गर्र्द अहिलेको यो बिषम परिस्थितिमा व्यवसायमा ह्रास,लगानी योग्य पुजीको अभाव ,बैंकको ब्याज दर,कारोबारमा घाटाका कारण न्युनतम पारिश्रमिक बढाउन नसकिने भएकाले  आगामी बर्ष सम्मको लागि पुनरावलोकन कार्यलाई स्थगित गर्नु पर्ने बताउनु भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष श्री सुरकृष्ण वैध ,वस्तुगत उपाध्यक्ष हेमराज ढकालज्युको उपस्तिथिमा लुम्बिनी प्रदेश स्तरीय सुझाव संकलन कार्यक्रममा भौगोलिक क्षेत्रको आधारमा पारिश्रमिक तोकिनु पर्ने, देशैभरी एउटै न्युनतम पारिश्रमिक दर सबै उधोग व्यवसायका लागि तोक्ने अहिले सम्मको प्रचलन व्यवहारिक नरहेकोले श्रम ऐनमा समेत आवश्यक संसोधन गरिनुपर्ने धारणा सहभागिहरुले बताउनु भएको थियो । उक्त कार्यक्रमका बुटवल, पाल्पा , सिद्धार्थ  ,नवलपरासी ,कपिलवस्तु , बर्दघाट लगायतका उधोग वाणिज्य संघका अध्यक्षज्यूहरु तथा  ,प्रतिनिधि र ,रोजगारदाता उद्योगीहरुको सहभागिता रहेको थियो ।