ईनर मंगोलिया सँग भेटघाट तथा छलफल कार्यक्रम

ईनर मंगोलिया सँग भेटघाट तथा छलफल कार्यक्रम मिति २०८० असोज ३० ईनर मंगोलियाबाट पाल्नुभएका डेलिगेटसहरु संग नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश सचिवालयमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरियो । अध्यक्ष श्री कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको उक्त भेटघाटमा अध्यक्षज्यूले इनर मंगोलियाको कृषि तथा पशुपालनमा भएको अनुभव तथा प्राविधिक सहयोग नेपाली कृषकहरुका लागि महत्वपूर्ण हुने भएकोेले प्राविधिक सहयोगका लागि अनुरोध गर्नु भएको थियो । उक्त भेटघाट तथा छलफल कार्यक्रममा लुम्बिनी प्रदेशमा रहेर ह्याचरी, विउ विजन, कृषि औजारमा संलग्न उद्यमीहरु तथा महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । इनर मंगोलिया प्रादेशिक स्थायी कमिटि अध्यक्ष सहितको समुह तथा कृषि उद्यमीहरुको समुहबाट लुम्बिनी प्रदेशका कृषकहरुलाई प्राविधिक सहयोगका लागि आफुहरुले प्रयास गर्ने बताएका थिए ।