सामाजिक सुरक्षाकोष बिषयक अन्तरक्रिया    

सामाजिक सुरक्षाकोष बिषयक अन्तरक्रिया    
मिति २०८० मंसिर १९ गते नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश सचिवालयमा प्रदेश अध्यक्ष श्री कृष्णप्रसाद शर्माज्यूको अध्यक्षतमा नेपाल सरकार सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीज्यू संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । उक्त अवसरमा अध्यक्षज्यूले विद्यमान आर्थिक संकट र ३०÷४० प्रतिशतको क्षमतामा चल्दै गरेका तथा बन्द हुदै गरेका उद्योगी व्यवसायीले कसरी सामाजिक सुरक्षा कोषमा निरन्तरता दिन सक्छन्  भन्ने बिषयमा गम्भिर हुनुपर्ने तथा  कोषमा बचत भएको अरबौैं रकम सहुलियत व्याज दरमा उद्योगी व्यावसायीका लागी ऋण प्रवाह गनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । उपस्थित उद्योगी व्यवसायीहरुले रोजगारदाताको हितमा सामाजिक सुरक्षा कोषले सोच्नु पर्ने एच्छिक बनाउँदा दायरा विस्तार हुन सक्ने  धारणाहरु राखेका थिए ।  । यो अवसरमा कार्यकारी निर्देशकले त्रिपक्षीय सम्झौता बाट लागु गरिएको  सामाजिक सुरक्षा कोषले रोजगारदाता , श्रमिकको हितमा रहेकोले यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा विभिन्न उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु, वस्तुगत उद्योगीहरु, पदाधिकारीज्यूहरु एवं उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।