मिति २०८० मंसिर १२ नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्णप्रसाद शर्माज्यूले भैरहवामा पूर्व प्रधानमन्त्री माननीय शेरबहादुर देउबालाई भेट गरी विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न समन्यवयात्मक भूमिका निर्वाह गरिदिन देउवासँग प्रदेशको तर्फबाट अनुरोध गर्र्दै ४३ अर्ब बढी लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ८० अर्बको लगानीमा निजी क्षेत्रको लगानी जोखिममा रहेकोले शिघ्र विमान स्थल संचालनका लागी समन्वय गर्न माग गर्नु भएको थियो । भने प्रदेश उद्योग वाणिज्य सघंको मागप्रति आफू सकारात्मक रहेको र विमानस्थल पूर्णसञ्चालनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।