नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेशको  छैंठौँ प्रदेश सभा सम्पन्न

नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेशको  छैंठौँ प्रदेश सभा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेशको 
छैंठौँ प्रदेश सभा सम्पन्न

मिति २०८०  माघ २७ गते शनिवार प्रेदेश राजधानी लमहि , दाङ्गमा  यस नेपाल उद्योग वाणिज्य महासघं लुम्बिनी प्रदेशको छैंठौ प्रदेश सभाको अध्यक्ष श्री कृष्ण प्रसाद शर्मा ज्यूको अध्यक्षता,  लुम्बिनी प्रदेश सरकारका माननीय मुख्य मन्त्री  डिल्ली बहादुर चौधरीज्यूको प्रमुख आतिथ्यता एवंम नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष श्री सुरकृष्ण बैद्यज्यू एवं वस्तुगत उपाध्यक्ष श्री हेमराज ढकालज्यूको बिशिष्ठ आतिथ्यमा सम्पन्न भएको थियो । पहिलो चरण उद्घाटन सत्र र दोस्रो चरण बन्द सत्र गरी दुई चरणमा भएको उक्त सभामा नेपाल उद्योग वाणिज्य महासघंको तर्फबाट  जिल्ला नगर उपाध्यक्ष श्री सुरकृष्ण बैद्यज्यू, र वस्तुगत उपाध्यक्ष  हेमराज ढकाल केन्द्रिय सदस्यहरु, पूर्वकेन्द्रिय सदस्य,प्रदेश अध्यक्ष , जिल्ला÷नगर उद्योग वाणिज्य सघंका अध्यक्ष, गा.पा उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु, जिल्ला नगरका  पूर्व अध्यक्ष  सदस्यहरु एसोसिएट सदस्यहरुको सहभागिता थियो  प्रदेश अध्यक्षज्यूको स्वागत मन्तब्य तथा माननीय मुख्य मन्त्रीज्यूबाट दिप प्रज्ववलन गरी प्रदेश सभाको सुभारम्व गरिएको थियो । समुद्घाटन समारोहका अध्यक्षज्यूले स्वागत सम्बोधनको क्रममा राज्यले नीजि क्षेत्रलाई कर लिनको लागि मात्र प्रयोग गर्ने गरेको, बैंकको चर्को ब्याजदर  नेपाल सरकारको र राष्ट्रबैंकको अब्यवहारीक नीति, न्यून आर्थिक बृद्धि दर,  न्यून तरलता  देखि अधिक तरलताको समस्याको कारण उद्योगी व्यवसायीहरु समस्यामा रहेकोले उद्योगी व्यवसायीहरुको मनोवल उच्च राख्ने गरी निजी क्षेत्रे दिएका सुझावका आधरमा सरकारको नीति बन्नु पर्ने बिषयको माग गर्नु भएको थियो । यसै गरी भन्दा उद्योगीहरुलाई हतोत्साहित बनाउदै उद्योगहरुका विद्युट लाईन काट्ने , अघोसित लोडसेडिङ्ग देखि सामान्य दर्ता नविकरणजस्ता कार्यहरुमा देखिएका समस्या समाधानको लागि सरकार समक्ष माग गर्नु भएको थियो  भने लुम्बिनी प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्र भित्र पर्ने औद्योगिक व्यवसायीक नीति, आर्थिक नीति , राजश्व नीति निर्माण गर्दा निजी क्षेत्रको सुझावहरु सम्बोधन गर्नु पर्ने र लुम्बिनी प्रदेशमा आर्थिक चलायमान बनाउन पूँजीगत खर्च बढाउनु पर्ने र गौतबुद्ध अन्तराष्ट्रिय विमानस्थलको दिगो सञ्चालनको लागि प्रदेश सरकार सशक्त भएर लाग्नुपर्ने विचार ब्यक्त गर्नु भएको थियो । यसै गरी नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष श्री सुरकृष्ण बैद्यज्यू एवं वस्तुगत उपाध्यक्ष श्री हेमराज ढकालज्यूले एकल अंकको व्याजदर हुनु पर्ने , सेज को प्रभावकारी संचालन गरिनु पर्ने , पूँजीगत खर्च बढाउनु पर्ने र निजी क्षेत्रलाई सरकारको सझेदारको रुपमा हुर्नुपर्ने सरकार समक्ष माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले भव्यरुपा आयोजना गरेको छैंठौ प्रदेश सभाको सफलताको शुभकमना दिनु भएको थियो । जिल्ला नगर उपाध्यक्ष बालकृष्ण सुबेदीज्यू  संचालन तथा एसोसियट उपाध्यक्ष कुलप्रसाद न्यौपानेज्यूको धन्यवाद मन्तब्य सहिति समु्दघाटन समारोहको समापन गरिएको थियो ।