प्रदेश योजना आयोग संग नीति सम्बाद कार्यक्रम 

प्रदेश योजना आयोग संग नीति सम्बाद कार्यक्रम   
मिति २०८० माघ २७ शनिवार नेपाल उद्योग वाणिज्य महासंघ तथा लुम्बिनी प्रदेश सरकार योजना आयोगको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक ओजनाका लागि अवधारण पत्र प्रदान तथा नीति सम्बाद कार्यक्रम  सम्पन्न गरियो । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल के.सि.को सभापतित्व तथा नेउबामहासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माज्यूको विषेश आतिथ्यमा लुम्बिनी प्रदेश अन्तर्गत रहेका उद्योग वाणिज्य संघहरुका अध्यक्ष, प्रतिनिधिहरु, नेपाल उद्योग परिसंघका पधाधिकारीहरु, च्याबार अफ कमर्शका पदाधिकारीहरु , नेपाल घरेलु तथा साना उद्योेग महासंघ लुम्बिनीका पदाधिकारीहरुको को उपस्थितिमा प्रदेशको उद्योग, पर्यटन, कृषि तथा पूर्वाधार विकासका लागि नीतिगत सम्बाद भएको थियो  । उक्त नीति सम्बाद कार्यक्रममा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंंघ लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक आनन्द खनालले अबधारण पत्र प्रस्तुत गर्नु भएको थियो भने सरकारको तर्फबाट योजना आयोगका उपाध्यक्ष डा. नहकुल के.सि. र प्रदेश योजना आयोगका सदस्य सुदन कुमार ओलिले  लुम्बिनी प्रदेश सरकारको नीतिगत  अवधारणा प्रस्तुत गुर्न भएको थियो । उक्त तीनवटा आवधारणा पत्रहरुमा छलफल सहित निजी क्षेत्रको तर्फबाट लुम्बिनी प्रदेश सरकारको मुख्य प्राथमिकता निर्धारण गर्नु पर्ने, पूँजीगत खर्च बृद्धि गर्नु पर्ने, निर्माणाधिन औद्योगिक, कृषि, तथा सडक पूर्वाधारहरु समयमै सम्पन्न गरिनु पर्ने , गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको दिगो र निरन्तरको संचालन गरिनुपर्ने बिषयमा सुझावहरु प्रदान गरिएको थियो । उक्र सम्बाद कार्यक्रमा नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष श्री एजाज आलम, च्याम्बर अफ कमर्शका लुम्बिनी प्रदेशका अध्यक्ष श्री टंक पोखरेल , नेपाल घरेलु तथा साना उद्योेग महासंघ लुम्बिनीका अध्यक्ष नेत्र प्रसाद पाठक लगायत पदाधिकारीहले विभिन्न विचारहरु राख्नु भएको थियो । कार्यक्रममा धन्यवादको क्रममा नेउबमहासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्णप्रसाद शर्माज्यूले निजी क्षेत्रले दिएका सुझावहरुलाई आगामी आवधिक योजनमा समाबेस गर्न र निजी क्षेत्र संग निरन्तर सककार्य गर्नका लागि सुझाव प्रदान गर्नु भएको थियो ।