साना तथा मझौला  कृषि तथा पर्यटन उद्योग बारे नीतिगत राउण्ड टेबल छलफल 

साना तथा मझौला  कृषि तथा पर्यटन उद्योग बारे नीतिगत राउण्ड टेबल छलफल 
 
मिति २०८० माघ ६ गते नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र , नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको संयुक्त आयोजना तथा काशाको सहकार्यमा लुम्बिनी प्रदेशका साना तथा मझौला कृषि प्रसोधन उद्योगहरु तथा पर्यटन उद्योगहरुका नितिगत समस्याहरु त्था समाधानका लागि चाल्नु पर्ने पहल बारे राउण्डटेबल छलफल कार्यक्रम नेउवामहासंघ लुम्बिनी प्रदेशका अध्यध्क्ष कृष्ण प्रसाद शर्माज्यूको अध्यक्षतामा सम्पन्न भयो । पहलो सत्रमा साना तथा मझौला कृषि प्रसोधन उद्योगका समस्या तथा देस्रो सत्रमा लुम्बिनी प्रदेशमा पर्यटनका समस्या तथा समाधानका बिषयमा छलफल गरिएको थियो । छलफलबाट निस्केका निष्कर्षका आधारमा नीतिगत सुधार गर्न सरकारलाई सुझाव दिने सोहि अनुसार बेलायत  सरकारको सन् २०२४ पछि लागु गर्ने नेपाल इन बिजनेस कार्यक्रमका सहयोग पुग्ने अपेक्षाका साथ कार्यक्रम आयोजना गरिएको थियो । उक्र कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष, सल्लाहकार, विभिन्न उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु, कृषि प्रसोधन उद्योगीहरु, पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।