लुम्बिनी प्रदेशमा प्रथम राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० सम्पन्न 

लुम्बिनी प्रदेशमा प्रथम राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० सम्पन्न 


नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं  महिला उद्यमी समितिको अगुवाई  तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वय एवं सहकार्यमा  मिति २०८० फागुन ४ र ५ गते लुम्बिनी प्रदेश, रुपन्देहीका राष्ट्रिय महिला उद्यमी सम्मेलन सम्पन्न भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष श्री अन्जन श्रेष्ठज्यूको सभापतित्व तथा लुम्बिनी प्रदेश सरकारका मााननीय मुख्य मन्त्री डिल्ली बहादुर चौधरीज्यूकोबाट सम्बोधन भएको सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब  ३०० जना महिला उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।  

दुई दिने  लुम्बिनी प्रदेशमा आयोजना गरिएको पहिलो राष्ट्रिय सम्मेलनमा  महिला उद्यमीहरुको विकास, विस्तार एवं प्रवर्द्धनका साथै महिला सशक्तिकरणमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त सम्मेलनमा महिला उद्यमशीलता र नतिजा, वित्तिय पहुंच, बजार पहुंच, पर्यटनका सम्भावना र चुनौति, युवा महिला ÷ स्टार्टअपका लागि गरिएका पहल साथै भएका व्यवस्था लगायतका विषयमा विषय विज्ञहरुसंग छुट्टा छुट्टै (एबलभ िम्ष्कअगककष्यल) छलफल गरिएको थियो भने उक्त छलफलहरुबाट बाट १० बुँदे निष्कर्ष सुझाव  निकाल्दै नेपाल सरकारका सम्बन्धित निकायहरुमा प्रस्तुत गरिने र यस सम्मेलनबाट  महिला उद्यमीहरूको सशक्तिकरण  भई रोजगारी सृजना, वित्त पहुँचमा सुधार देखिनेछ र नवप्रवर्तन बढ्ने  नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्षज्यूले आफ्नो धन्यवाद मन्तब्यको क्रममा विचार प्रस्तुत गर्नु भएको थियो । सहभागि महिला उद्यामीहरुले आफ्ना लागि सम्मेलन महत्वपूर्ण रहेको बताएका थिए ।