कोशी प्रदेशका कार्यकारी सचिवहरुको स्वागत तथा छलफल कार्यक्रम 

कोशी प्रदेशका कार्यकारी सचिवहरुको स्वागत तथा छलफल कार्यक्रम 
मिति २०८० चैत्र १९ गते नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश सचिावलयमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा रहेका उद्योग वाणिज्य संघहरुका सचिवालय प्रमुखहरुको अध्ययन तथा क्षमता अभिवृद्धि भ्रमणको टोलीलाई स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरियो । 
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्णप्रसाद शर्माज्यूको अध्यक्षतामा भएको उक्त स्वागत तथा छलफल कार्यक्रमा अध्यक्षज्यूले सचिवालय प्रमुखहरुलाई लुम्बिनी प्रदेशमा स्वागत गर्दै सरकार पछिको व्यापक सञ्जाल रहेको नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उद्योग वाणिज्य संघहरुका सचिवालय प्रमुखहरुले उद्योग वाणिज्य क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिएको तथा सचिवालय प्रुमखहरु सक्षम भए उद्योग वाणिज्य संघहरु पनि सक्षम हुने बताउनु भएको थियो । कोशि प्रदेश उद्योग वाणिज्य महासंघका कार्यकरिणी सदस्य तथा भ्रमण टोलीका प्रमुख विरेन्द्र कुमार शाहले लुम्बिनी प्रदेशमा महासंघमा भ्रमण टोलीलाइ प्रदान गरिएको स्वागत तथा आतिथ्यताको लागि धन्यावद दिनु भएको थियो । उक्र भ्रमण टोलीमा कोशि प्रदेश अन्तर्गतका पच्चिस उद्योग वाणिज्य संघका सचिवालय प्रुमखज्यूहरु,नेउबामहासंघ कोशि प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारी समेतको सहभागिता रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक आनन्द खनालको संचालनमा भएको उक्र कार्यक्रमा नेउबामहासंघका कार्यकारिणी सदस्यज्यूहरु भिष्म प्रसाद न्यौपाने, उज्वल प्रसाद कसजु, केशब प्रसाद भण्डारी, नेउवामहासंघ लुम्बिनी प्रदेशका एशोसिएट उपाध्यक्ष श्री कुलप्रसाद न्यौपाने, सदस्य आन्नदप्रसाद ओझा, बुटवल , सिद्धार्थ, वर्दघाट उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु तथा सचिवालय प्रुमखहरुको सहभागिता रहेको थियो ।