व्यवसायीक विकासमा नीतिगत पैरवी तथा क्षमता अभिवृद्धि गोष्ठी आयोजना 

व्यवसायीक विकासमा नीतिगत पैरवी तथा क्षमता अभिवृद्धि गोष्ठी आयोजना 
 
मिति २०८१ बैशाख १३ र १४  गते नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा अकाउन्टेविलिटी ल्याब संगको सहकार्यमा दुई दिने व्यवसायीक विकासमा नीतिगत पैरबी तथा क्षमता अभिवृद्धि गोष्ठीेको सम्पन्न गरियो । कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष श्री कृष्णप्रासद शर्माले पहिलो चरणमा एघार उद्योग वाणिज्य संघहरुलाइ समेटी उद्योग वाणिज्य संघहरुले स्थानीय सरकार तथा प्रदेश सरकारहरु संग कस्ता नीतिगत बिषहरु कसरी उठान गर्ने सम्बन्धमा जानकारी दिने उद्देश्यले गोष्ठिको आयोजना गरिएको बताउँदै यसको लाभ उद्योग वाणिज्य संघहरुको दैनिक कार्य सम्पादनमा हुने अपेक्ष लिएको बताउनु भएको थियो ,।    दुई दिन सम्म उद्योग वाणिज्य संघहरुको क्षमता पहिचान तथा अभिवृघि बिषयमा निर्देशक आनन्द खनाले, तथा  नीतिगत पहल पैरवीका लगायतका ४ वटा  बिषयहरुमा अकाउन्टेवेलिटी ल्याबका विज्ञहरु राजु शर्मा, पुष्पराज कोइराला प्रस्तुती रहेको थियो । सहभागिहरुले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशबाट आयोजना गरिएको गोष्ठी आफुहरुको लागि महत्वपूर्ण रहको विचार व्यक्त गरेका थिए ।  उक्तदुईदिने गोष्ठीमा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, रोल्पा जिल्लाका  १२ वटा  उद्योग वाणिज्य संघहरुका महासचिव तथा कार्यकारी सचिवहरुको सहभागिता रहेको थियो ।