औद्योगिक अनुसन्धानमा निजिक्षेत्र संग साझेदारीका विषयमा अन्तरक्रिया

औद्योगिक अनुसन्धानमा निजिक्षेत्र संग साझेदारीका विषयमा अन्तरक्रिया
मिति २०८१ वैशाख २० गते विहिवारका दिन नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश सचिवालयमा काठमाण्डौँ विश्व विद्यालयका भ्ल्भ्ए टिमका विज्ञ व्यक्तिवज्यूहरु संग विद्युत लगायत उद्योगीका समस्याहरु वारे छलफल कार्यक्रम सम्पन्न गरियो । प्रदेश अध्यक्ष श्री कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रममा उद्योगमा सबैभन्दा बढी प्रयोग हुने ऊर्जा खपतको व्यवस्थापनका लागि व्यवहारीक अनुसन्धान मार्फत ऊर्जा दक्षता हासिल गर्न सके ठूलो मात्रामा खर्च घटाउन सकिने विषयमा छलफल भएको थियो । अन्य विकसित देशहरु जस्ते उद्योगिक  अनुसन्धानमा निजिक्षेत्र र एकेडेमिक क्षेत्र साझेदारी गर्दै अगाडी बढ्नु पर्ने यसमा विश्वविद्यालयहरु संग साझेदारीका लाग निजी क्षेत्र तयार हुनुपर्ने तथा उद्योगहरुलाई प्राप्त हुने विद्युत गुणस्तरीय हुनुपर्ने बिषममा छलफल भएको थियो । उक्त छलफल कार्यक्रममा पदाधिकारी, उद्योगीहरुको सहभागिता रहेको थियो ।