बिच बैंकिङ्ग प्रणालीमा देखिएका  नीतिगत तथा व्यवसायीक समस्या समाधान सम्बन्धी कायक्रम

बिच बैंकिङ्ग प्रणालीमा देखिएका  नीतिगत तथा व्यवसायीक समस्या समाधान सम्बन्धी कायक्रम

मिति २०८१।०२।०४ गते नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजनामा प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माज्यूको अध्यक्षतामा  प्रदेश स्तरीय बैंकका प्रबन्धकहरु र उद्योगी व्यवसायीहरु बिच बैंकिङ्ग प्रणालीमा देखिएका अधिक तरलता, कम लगानी लगायतका  नीतिगत तथा व्यवसायीक समस्या समाधान का उद्देश्य सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा बुटवल र भैरहवामा अवस्थित  बैंकका प्रदेस स्तरीय प्रवन्धकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तब्यको क्रममा अध्यक्षज्यूले स्थानीय उद्योगी व्यवसायीहरु र बैंक शाखाहरुबाट प्रवाह गरिने सेवा, शुल्क तथा अब्यवहारीक कठिनाईहरुलाई खुला छलफलका माध्यमबाट समाधान गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको र यस किसिमको अन्तरक्रिया बैंकहरुलाई पनि फलदायी हुने बताउँदै सहभागित नभएका बैंकहरुले ठुुलो अवसर गुमाएको धारणा व्यक्त गर्नु भएको थियो । खुला छलफलको उद्योगी व्यवसायीहरुले क्रममा बैंक तथा वित्तिय संस्थाहरु जोखिम शुन्यमा मात्र काम गर्ने, नफा मात्र हेर्ने, अनावश्यक शुल्कहरु लिने , विभिन्न प्रकारका विमाहरु गराउन बाध्य गराउने, रकम असुल्ने क्रममा उद्योगी व्यवसायीहरुलाई मानसिक तनाव दिने  भएकोले यसको समाधान गर्नु पर्ने धारणा राखेका थिए ।  विद्यमान आर्थिक संकटमा उद्योगी र लागानीकर्ता बैकहरु सहयोगी भएर जानुपर्ने अन्यथा उद्योगी व्यसायीहरु जोखिमा पर्नु भनेको बैंकहरु पनि जोखिमा पर्नु हो त्यसले सबै समस्याको समाधान समन्वय गरेर गर्नु पर्ने धारणाहरु व्यक्त गरेका थिए । कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकरिणी सदस्य उज्जवल कसजु, केशब प्रसाद भण्डारी, प्रदेश एशोसियट उपाध्यक्ष कुलप्रसाद न्यौपाने, बुटवल, सिद्धार्थ, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष एवं पदाधिकारीज्यूह, प्रदेश कार्यसमिति सदस्य विरन्द्र अग्रहरी, कार्यकारी निर्देशक आनन्द खनाल लगायत उद्योगी व्यवसायीहरु, बैंकका प्रतिनिधि, वस्तुगत संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।