वित्तिय साक्षरता तथा दिगो व्यवसायीक अभ्यास बिषयक तालिम संचालन 

वित्तिय साक्षरता तथा दिगो व्यवसायीक अभ्यास बिषयक तालिम संचालन 
 
नेपाल उद्योग वािणज्य महासंघ लुम्बिनी प्रदेशका उद्योग वाणिज्य संघहरुलाई  उद्योगी व्यवसायी लक्षित कार्यक्रमहरु संचालन गराउने उद्देश्य अनुरुप काठमाण्डौ स्थित आर्थिक संस्था फिललिट नेपाल संगको सहकार्यमा पहिलो चरणमा बर्दघाट उद्योग वाणिज्य संघ, नवलपरासि तथा सुनवल उद्योग वाणिज्य संघ नवलपारासिमा वित्तिय साक्षरता सम्बन्धि तालिम कार्यक्रमहरु संचालन गरिएको थियो । असार २० गते विहिबार बर्दघाट उद्योग वाणिज्य संघ र असार २१ गते शुक्रवार  सुनवाल उद्योग वाणिज्य संघमा उक्र कार्यक्रम आयोजना गरिएको थियो । सम्बन्धित उद्योग वणिज्य संघका आवद्ध साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई बैंकिङ प्रक्रिया, ऋण , एल.सि , उद्योगी व्यवसायी संग सम्बन्धित बैंक तथा वित्तिय संस्थाहरु नीति नियमहरु लगायत वित्तीय व्यवस्थापनका सिपहरु बढाउन र दिगो व्यवसायीक अभ्यासलाई प्रोत्साहित हुने  तालिम कार्यक्रमको आयोजना गरिएको थियो ।  । दुबै उद्योेव वाणिज्य संघका करिव ६० जना उद्योगी व्यवसायीहरु उक्त तालिमबाट लाभान्वित भएका थिए ।