मानवीय जिवन रक्षाका लागि  लुम्बिनी प्रदेश अध्यक्षको बिषेश भूमिका 

मानवीय जिवन रक्षाका लागि  लुम्बिनी प्रदेश अध्यक्षको बिषेश भूमिका 
मिति २०८१ असार २५ गते साउदी अरेबियाको जेलमा रहेका धनुषाको जनकपुर उपमहानगरपालिका–१७ का रामआशिष यादवलाई रिहाइ गर्न र बचाउन ४६ लाख २५ हजार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । मृत्युदण्ड सजाय पाएका धनुषाका यादवलाई बचाउन रुपन्देहीमा जुटाइएको ४६ लाख २५ हजार ‘ब्लडमनी’ परिवारलाई मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अध्यक्ष कृष्णप्रसाद शर्माज्यूले जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं र कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको रोहबरमासम्बन्धीत परिवारलाई चेक मार्फत हस्तातरण गर्नु भएको थियो ।  रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालज्यूले अग्रसरता लिई  उक्त रकम जुटाई मआशिष यादवलाई रिहाइ गर्न र बचाउन निजी क्षेत्रको महत्वपूर्ण सहयोगको अपेक्षाका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्णप्रसाद शर्मालाई विशेष भूमिकाको लागि आग्रह गरे स्वरुप नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र  सिद्धार्थ उद्योग वाणिज्य संघको सहयोगमा निजी क्षेत्रका उद्योगी व्यवसायीहरुबाट करिब ३६ लाख २५ हजार, प्रमुख जिल्ला अधिकारी स्वयम तथा विभिन्न राष्ट्रसेवक कर्मचारीहरुबाट १ लाख ७५ हजार र  सहयोग तथा पिडित परिवारले समेत आफ्नो तर्फबाट केहि रकम राखी जम्मा ४६ लाख २५ हजार ‘ब्लडमनी’ संकलन गरिएको र एउटाको मृत्यु भइसकेको अवस्थामा अर्कालाई पनि मृत्यु नै दिनुहुँदैन भन्ने मानवीय भवना राखी दुईटा घरलाई बचाउनका लागि यो प्रयास गरिएको र बताउनु भएको थियो । रुपन्देहीका निजी क्षेत्रबाट गरिएको यस मानवीय कार्यको लागि प्रमुख जिल्ला अधिकारीले धन्यवाद प्रदान गर्नु भएको थियो ।