विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा नीजि क्षेत्रसँग सहकार्य र समन्वय बारे छलफल 

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा नीजि क्षेत्रसँग सहकार्य र समन्वय बारे छलफल 
मिति २०८१ साउन ४ गते  नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको  आयोजना  एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालय लम्बिनी प्रदेशको समन्वयमा दाङ्ग प्रदेश राजधानी देउखुरीमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा नीजि क्षेत्रसँग सहकार्य र समन्वय छलफल बैठक सम्पन्न गरियो ।  छलफलमा नीजि क्षेत्रले विभिन्न समयमा भएका विपद्मा गरेको आर्थिक तथा मानविय सहयोगको सम्बन्धित सरकारी निकायहरुमा रेकर्ड राख्नुपर्ने साथै राहत स्वरुप प्रदान गरिएको सहयोगको सहि सदुपयोग हुनु पर्ने साथै नीजि क्षेत्रका औधोगिक प्रतिष्ठानहरुले संस्थागत  सामाजिक उत्तरदायीत्व ऋक्च् कोषको केही प्रतिशत रकम प्रदेशमा हुने विपद्मा व्यवस्थापन कोष राख्नको लागि के कस्ता समस्याहरु छन् वा प्रदेशले नीति कस्तो बनाउनु पर्ने बिषयमा छलफल भएको थियो ।उक्त बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्ण प्रसाद शर्मा ,  उपाध्यक्ष श्री बालकृष्ण सुवेदी तथा नवलपरासी , रुपन्देही , कपिलवस्तु ,दाङ्ग , बाँके र बर्दियाका उद्योग वाणिज्य संघका अध्यक्ष तथा विपद् फोकल पर्सनहरुकोको पनि सहभागिता रहेको थियो ।