लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेतनारायण आचार्य संग भेटघाट तथा छलफल 

लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेतनारायण आचार्य संग भेटघाट तथा छलफल   मिति २०८१ असोज ८ गते नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्णप्रसाद शर्माज्यूको नेतृत्वमा लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेतनारायण आचार्य संग भेटघाट गरियो ।उक्त अवसरमा नेउबा महासंघ लुम्बिनी प्रदेशको तर्फबाट माननीय मुख्यमन्त्री लाई बधाई एबम् सफलताको शुभकामना प्रदान गर्दै लुम्बिनीको पर्यटन क्षेत्रको बिकासको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल को दिगो र निरन्तर संचालन, बुटवल नारायणढ सडकको शिघ्र स्त्तोरउन्नतिमा  पहल, कतिपय स्थानीय सरकार हरुले ब्यवसायिक करका दरमा अस्वाभाविक तरिकाले वृद्धि बारे ध्यानाकर्षण ,प्रदेश कृषि नीति निर्माण ,निर्यात जन्य उद्योगहरुको संरक्षण सम्बन्धि नीति निर्माण पर्ने लगायत विषयमा प्रदेसको तर्फबाट समस्या समाधान मा हुनुपर्ने माग गरिएको थियो । छलफलको क्रममा माननीय मुख्य मन्त्रीज्यूले आर्थिक विकासमा निजी क्षेत्रको महत्व रहेको आफुले बुझेको यसको लागि निजी क्षेत्र संग सहकार्य गर्न तत्पर रहको बताउनु भएको थियो साथै उँहाले प्रदेश उद्योग वाणिज्य महासंघको सुझाव मनन गदैै प्रदेश कृषि नीति निर्माणबारे छलफल प्रक्रिया अगाडी बढाउने साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल को दिगो र निरन्तर संचालन, बुटवल नारायणढ सडकको शिघ्र स्त्तोरउन्नतीको लागि संघिय सरकार समक्ष पहल तथा समन्वय गरिरहेको बताउनु भएको थियो । उक्त भेटघाट कार्यक्रममा निवर्तमान अध्यक्ष श्री गुणनिधि तिवारी, उपाध्यक्ष श्री कुलप्रसाद न्यौपाने, केन्द्रिय सदस्य श्री जमशेर अलि मिया, श्री केशवप्रसाद भण्डारी, श्री भीष्मप्रसाद न्यौपाने, सदस्य आनन्द वोझा एवं कार्यकारी निर्देशक श्री आनन्द खनालको सहभागिता रहेको थियो ।