पूँजी बजार लगानीकर्ता  सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

पूँजी बजार लगानीकर्ता  सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न
मिति २०८१ साल कार्तिक ६ गते विश्व लगानीकर्ता सप्ताह २०२४ अभियानको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना  तथा नेपाल धितोपत्रबोर्ड र नेप्से संगको सहकार्य  एवं सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वयमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पपन गरियो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्णप्रसाद शर्माज्यूको प्रमुख आतिथ्यमा सम्पन्न को थियो । नेपाल धितो पत्र बोर्डका उप कार्यकारी निर्देशक दिपेश ताम्राकारज्यूले अध्यक्षता गर्नु भएको सो कार्यक्रममा आफ्नो स्वागत मन्तब्यमा शेयर बजारमा आएका र आउन सक्ने लगानीकर्ताहरुलाई सुरक्षित रुपमा लगानि गर्नका लागि यस प्रकारको सचेतना कार्यक्रम लुम्बिनी प्रदेशमा गर्न पाउँदा खुशी लागेको तथा नेपाल धितो पत्र बोर्डको उद्देश्य लगानीकर्ताहरु को लगानी सुरक्षित हुनु पर्दछ भन्ने मान्यता रहेको बताउनु भएका थियो ।   उक्र कार्यक्रममा नेपाल धितो पत्र बोर्ड तथा नेप्सको तर्फबाट दुईवटा लगानीकर्ता सचेतना बिषयमा  कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । आफ्नो मन्तब्यको क्रममा प्रमुख अतिथि श्री कृष्णप्रसाद शर्माज्यूले शेयर बजारमा नियमक निकायहरुको ध्यान पुग्न नसक्दा सिमित ठूला लगानीकर्ताहरुले मात्र फाईदा लिएको र हजारौ साना लगानीकर्ताहरुको लगानी जोखिमा रहेको यस प्रकारको समस्या समाधान गर्न धितोपत्र बोर्ड सक्रिय हुनु पर्ने,  लगानीको विविधिकरण गर्दै उत्पादन क्षेत्रका उद्योगहरुको शेयरमा लगानीको मात्र बढाउँन सके त्यसको लाभ लगानीकर्ता एवं राष्ट्रले पाउने विचार  लगानी विचार व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य श्री राजेशकुमार अग्रवालज्यूले व्यक्ति वा समचारका भरमा शेयर बजार निर्धारणहुने बिषय जोखिम पुर्ण रहेकोले यसलाई व्यवस्थित प्रणालीले संचालन गर्नु पर्ने बताउनु भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक श्री आनन्द खनालको संचालनमा सम्पन्न उक्र   कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य श्री भीष्म प्रसाद न्यौपाने, प्रदेश महासंघका उपाध्यक्ष श्री कुलप्रसाद न्यौपाने, सिद्धार्थ , बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं पधाधिकारी , कार्यसमिति सदस्यहरु, उद्योगी व्यवसायी, लागानीकर्ता , विद्यर्थिहरु समेत संचारकर्मिहरुको सहभागिता रहेका थियो । सिद्धार्थ उद्यो वाणिज्य संघका अध्यक्ष श्री ठाकुरकुमार श्रेष्ठले  संघलाई कार्यक्रमको लागि छनौट गरेकोमा  नेपाल उद्योग वाणिज्य महासंघ, महासंघ लुम्बिनी प्रदेश लगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।