कृषि सम्बन्धी प्रदेश स्तरीय सरकारवालाहरुको गोष्ठी तथा बैठक सम्पन्न
मिति २०८१ कार्तिक २६ गते नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश एवं कृषि उद्यम केन्द्रको संयुक्त आयोजना तथा यूसएड र नेपाल बीउ तथा मल परियोजना सिमिटको सहयोगमा यस केन्द्रद्वारा सञ्चालित लघु साना तथा मझौता उद्यमी सहयोग कार्यक्रम (ःक्ःभ्क क्गउउयचत एचयनचबmmभ) अन्तरगत लुम्बिनी प्रदेशका लघु साना तथा मझौला कृषि उद्यमिहरुको अवस्था, अवसर र चुनौति र परियोजना संचालित कपिलबस्तु, दाङ्ग, बाँके, बर्दिया , कैलाली र कञ्चनपुर जिल्लाका अध्ययन प्रतिवेदन प्रस्तुती लगायतको विषयमा लुम्बिनी प्रदेशस्तरीय सरोकारवालहरुको गोष्ठि तथा बैठक दाङ्गको भालुवाङ्गमा सम्पन्न गरियो । प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माज्यूको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठी तथा बैठको प्रमुख आतिथ्यता लुम्बिनी प्रदेश सरकारका कृषि, भूमीब्यवस्था तथा सहकारी मन्त्री माननीय दिनेश पन्थी एवं कृषि उद्यम केन्द्रका सभापति डी.बि बस्नेत , लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल्ज्यूको आतिथ्यतामा सम्पन्न भएको उक्त गोष्ठीमा लुम्बिनी प्रदेशका कृषिका अवस्था, सम्भावना, चुनौती र अवसर बारे प्रस्तुतीकरण गरिएको थियो भने कृषि उद्यम केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशमा कृषि उद्यम केन्द्र र सिमिटको सहयोगकमा संचालीत व्यवसायीक मकै उत्पादन क्षेत्रमा मकै सुकाउने र भण्डारण गर्ने सुविधा सम्बन्धि सम्भाव्यता अध्ययनका निष्कर्शहरुको प्रस्तुतिकरण र प्रदेश स्तरमा संचालित कार्यक्रमबात आवश्यकक नीतिगत सुझागहरुको प्रस्तुतिकरण सहित सोको माननीय कृषि मन्त्रीज्यूलाई हस्तान्रण गरिएको थियो । नीति छलफलबाट प्राप्त सुझावहरुको प्रस्तुती र हस्तान्तरण गरिएको थियो । उक्त गोष्ठीमा प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माज्यूले नेपाल उद्योेग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कृषिको व्यवसायीकरणका लागि प्रदेश सरकार संग सहकार्य गर्न तयार रहेको विचार व्यक्त गर्नु भएको थियो । भने माननीय कृषि मन्त्रीज्यू तथा प्रदेश योजना आयोगका उपाध्यक्षज्यूले प्रदेश सरकारको प्राथमिकतामा कृषि रहेको र निजी लगानीलाई कृषिमा प्रोत्साहन हुने गरी कार्यगर्न तयार रहेको बिचार व्यक्त गर्नु भएको थियो । प्रदेश जिल्ला नगर उपाध्या बालकृष्ण सुबेदीज्यूको संचालनमा भएको उक्त गोष्ठिमा सिमितका प्रतिनिधिज्यूहरु, डेरी एसोशियसनका प्रतिनिधिहरु, सरोकारवाल मन्त्रालयका प्रतिनिधिहरु , नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकरी कार्यसमिति सदस्यज्यूहरु, कृषि उद्यम केन्दका सदस्यज्यूहरु लगायतको सहभागिता रहेको थियो ।