बेलायती दुताबासका प्रतिनिधिहरु संग भेटघाट तथा छलफल
मिति २०८१ मंसिर ३ गते नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश सचिवालयमा Green Growth Nepal (GGN)लगानी सम्बन्धमा, बेलायती दुताबासका British Embassy(GGN) का टिम लिडर र प्रतिनिधिहरु संग प्रदेश र स्थानीय सरकारसँग निजी क्षेत्रको सहकार्य लुम्बिनी प्रदेशमा हरित लगानी क्षेत्रहरूको बारेमा छलफल गरियो । छलफलको क्रममा वातावरण प्रदुषणले विश्वव्यापी रुपमा असर पारिरहेकोले अबको लगानी वातावरण मैत्री हुने पर्ने जसले दिर्घकालिन रुपमा उद्योगी व्यवसायी तथा राष्ट्रलाईनै सहयोग पुग्ने भएकोेले हरित लगानीका लागि लुम्बनी प्रदेशलाई छनौट गरिसकिएकोले निजी क्षेत्र संग सहकार्य एवं लुम्बिनी प्रदेशका सम्भावनाका क्षेत्रहरु पहिचान गर्ने उद्देश्यले छलफल गरिएको थियो । सो छलफल कार्यक्रमका प्रदेश अध्यक्ष श्री कृष्णप्रसाद शर्माज्यूले लुम्बिनी प्रदेशका पर्यटन र कृषि क्षेत्रको पूर्वाधारका ग्रीन ग्रोथ नेपालले लगानी गर्नु पर्ने तथा निजी उद्यमीहरु संग भएका परियोजनाहरुमा प्राविधिक तथा वित्तिय साहयता प्रदान गर्न अुनरोध सहित लुम्बिनी प्रदेशका बेलयती लगानी कर्ताहरुलाई सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ तयार रहेको विचार व्यक्त गर्नुु भएको थियो ।