नेपाल उद्योग वाणिज्य महासंघको सातौँ प्रदेश सभा सम्पन्न

नेपाल उद्योग वाणिज्य महासंघको सातौँ प्रदेश सभा सम्पन्न
मिति २०८२१  माघ २६ गते शनिबार वर्दिया ठाकुरद्धारा  टाइगर भिलामा  यस नेपाल उद्योग वाणिज्य महासघं लुम्बिनी प्रदेशको सातौँ  प्रदेश सभाको अध्यक्ष श्री कृष्ण प्रसाद शर्माज्यूको अध्यक्षता,  र नेपाल उद्योग वािणज्य महासंघका बरिष्ठ उपाध्यक्ष श्री अन्जन श्रेष्ठज्यूको प्रमुख अतिथ्य एवंम नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष श्री सुरकृष्ण बैद्यज्यू , महसंघ पूर्व बरिष्ठल उपाध्यक्ष श्री भाष्करराज राज कर्णिकार, पूर्व उपाध्यक्ष किसोर प्रधानज्यूको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । पहिलो चरणमा उद्घाटन सत्र र दोस्रो चरण बन्द सत्र गरी दुई चरणमा भएको उक्त सभामा नेपाल उद्योग वाणिज्य महासघंका कार्यकारणीय सदस्यहरु श्री जमशेर अलि मिया, श्री उज्वल कसजु,  श्री केशब भण्डारी ,  पूर्वकेन्द्रिय सदस्य,प्रदेश अध्यक्ष , जिल्ला÷नगर उद्योग वाणिज्य सघंका अध्यक्ष, गा.पा उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु, जिल्ला नगरका  पूर्व अध्यक्ष  सदस्यहरु एसोसिएट सदस्यहरुको सहभागिता थियो । प्रदेश अध्यक्षज्यूको स्वागत मन्तव्य  बरिष्ठ उपाध्यक्ष मन्त्रीज्यूबाट दिप प्रज्वलन गरी प्रदेश सभाको सुवारम्भ गरिएको थियो । समुद्घाटन समारोहका अध्यक्षज्यूले स्वागत सम्बोधनको क्रममा राज्यले निजि क्षेत्रलाई कर लिनको लागि मात्र प्रयोग गर्ने गरेको, बैंकको चर्को ब्याजदर  नेपाल सरकारको र राष्ट्रबैंकको अव्यवहारिक नीति, न्यून आर्थिक बृद्धि दर,  न्यून तरलता देखि अधिक तरलताको समस्याको कारण उद्योगी व्यवसायीहरु समस्यामा रहेकोले उद्योगी व्यवसायीहरुको मनोवल उच्च राख्ने गरी  दिएका सुझावका आधरमा सरकारको नीति बन्नु पर्ने विषयको माग गर्नु भएको थियो . 
 यसै गरीउद्योगीहरुलाई हतोत्साहित बनाउदै उद्योगहरुका विद्युत लाईन काट्ने , अघोसित लोडसेडिङ्ग देखि सामान्य दर्ता नवीकरणजस्ता कार्यहरुमा देखिएका समस्या समाधानको लागि सरकार समक्ष माग गर्नु भएको थियो, भने लुम्बिनी प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने औद्योगिक व्यवसाीयक नीति, आर्थिक नीति , राजश्व नीति निर्माण गर्दा निजी क्षेत्रको सुझावहरु सम्बोधन गर्नु पर्ने र लुम्बिनी प्रदेशमा आर्थिक चलायमान बनाउन पूँजीगत खर्च बढाउनु पर्ने र गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनको लागि प्रदेश सरकार सशक्त भएर लाग्नुपर्ने विचार ब्यक्त गर्नु भएको थियो । यसै गरी नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष श्री सुरकृष्ण बैद्यज्यू एवं वस्तुगत उपाध्यक्ष श्री हेमराज ढकालज्यूले एकल अंकको व्याजदर हुनु पर्ने , सेज को प्रभावकारी सञ्चालन गरिनु पर्ने , पूँजीगत खर्च बढाउनु पर्ने र निजी क्षेत्रलाई सरकारको साझेदारको रुपमा हुनुपर्ने सरकार समक्ष माग गर्र्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले भव्य रुपमा आयोजना गरेको छैंठौ प्रदेश सभाको सफलताको शुभकामना दिनु भएको थियो । जिल्ला नगर उपाध्यक्ष बालकृष्ण सुबेदीज्यू  सञ्चालन तथा एसोसियट उपाध्यक्ष कुलप्रसाद न्यौपानेज्यूको धन्यवाद मन्तव्य सहित समुद्घाटन समारोहको समापन गरिएको थियो ।