गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन सम्बन्धमा प्रदेश स्तरीय महासंघको विज्ञप्ति ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन  सम्बन्धमा प्रदेश स्तरीय महासंघको विज्ञप्ति । मिति २०८१ चैत्र २५  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको वातावरण बनाउन निजी क्षेत्र सम्बद्ध प्रदेश स्तरीय  चारवटा संस्थाहरुले ऐक्यबद्दता प्रकट गर्दै लुम्बिनी प्रदेशको  अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापना भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरन्तर र दिगो सञ्चालनमा बारम्बार अवरोध आँउदा  उद्योगी–व्यवसायी लगायत सबै पक्षमा निराशा छाएको तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले नियमित यात्रु पाउँदापाउँदै पनि उडान कटौती गरेको समाचारले ध्यानाकषर्ण गराएकोले यसको नियमित संचलानका लाग सरकाले ठोस कदमा चाल्ने र आवश्यक सबै पूर्वाधारहरु रुपन्देहीका स्थापना गर्न मागका साथ सरकारको ध्यानाकषर्ण गराउँदै प्रेश विज्ञप्ती जारी गरिएको थियो । उक्त प्रेश विज्ञप्तीमा उडानहरूलाई नियमित गर्न निजी क्षेत्रकातर्फबाट पनि हामी सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाईएके थियो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा,नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेल, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम र नेपाल घरेलु तथा साना उद्योग महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष गणेश प्रसाद अधिकारीको संयुक्त हस्तारबाट सोमबार विज्ञप्ती गरिएको थियो ।