एमआरपीलाई वैज्ञानिक बनाउनुपर्ने माग ।

एमआरपीलाई वैज्ञानिक बनाउनुपर्ने माग । मिति २०८१ जेष्ठ १ गते रुपन्देही,  स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने उत्पादनहरुमा अनिवार्य रुपमा एमआरपी सहितको लेबल लगाउनुपर्ने सरकारको निणर्यलाई  सिद्धार्थ उद्योग वाणिज्य संघ, वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले संयुक्त प्रेस विज्ञप्ति जारी गरी एमआरपी एवं लेबल लगाउनुपर्ने विषयमा विरोध जनाएका छन् । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघं लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्णप्रसाद शर्माज्यूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जारी नेपाल राजपत्रको मिति २०८१ चैत १४ को सूचना अनुसार चैत २० देखि एमआरपी सहितको लेबल लगाउनुपर्ने विषयमा निजी क्षेत्र एमआरपी सहितको लेबलको पक्षमा भएको तर विद्यमान आर्थिक सुस्ताकाबीच यसलाई व्यापक छलफल गरी भौगोलिक विविधता तथा विकटता जस्ता विषयलाई मध्यनजर गरी उद्योगी व्यवसायीलाई आवश्यक तयारीको समय प्रदान गर्दै एमआरपीलाई वैज्ञानिक बनाउनुपर्ने बिचार व्यक्त गर्नु भएको थियो ।