लुम्बिनी प्रदेश आ.व २०८२।०८३ बजेट सुझाव –पूँजिगत खर्च बृद्धि र पर्यटन क्षेत्रमाा जोड दिन माग
मिति २०८२ जेष्ठ ३ गते शनिवार नेउबामहासंघ लुम्बिनी प्रदेशको समन्वयमा आयोजित आ.व. २०८२÷८३ को पूर्व बजेट अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघले लुम्बिनी प्रदेशले लुुम्बनी प्रदेशको आ.व. २०८२÷८३ को बजेटमा पूँजिगत खर्च बृद्धि र कृषि , पर्यटन क्षेत्रमा जोड दिने विशेष कार्यक्रम समेटेर बजेट ल्याउन लुम्बिनी प्रदेश सरकारलाई सुझाव दिएको छ । सुझावमा गौतबबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको दिगो सञ्चालनमा जोड, सवारी साधन तथा मनोरन्जनकरलाई ब्यवहारीक र प्रविधि मैत्री बनाउनु पर्ने , लुम्बिनी प्रदेशका मुख्य गरी भारतीय सिमा नजिक रहेका र तारे होटलहरु एवं पूर्वाधारहरु समेत तयार भएकाले विशेष गरी भैरहवा, नेपालगञ्ज लगायतका शहरहरुलाई क्यासिनो सिटिको रुपमा स्थापित गर्नु पर्ने लगायतका बुँदाहरु समेटीएको सुझाव प्रदेश अध्यक्ष श्री कृष्णप्रसाद शर्माले प्रदेश आर्थिक मामिला तथा योजना .मन्त्री माननीय दिनेश पन्थीलाई महासंघ लुम्बिनी प्रदशको तर्फबाट सुझावहरु हस्तान्तरण गर्नु भयो । सुझाव ग्रहण गर्दै मन्त्रीज्यूले सम्भव र उपर्युक्त भएसम्मका निजी क्षेत्रका सुझावहरु बजेटमा समेट्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।