लुम्बिनी प्रदेश र कोशि प्रदेशबीच समन्वय गर्ने प्रतिबद्धता

लुम्बिनी प्रदेश र कोशि प्रदेशबीच समन्वय गर्ने प्रतिबद्धता
आज मिति २०८२साल श्रावण ०७ गते बुधबारका दिन नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष श्री कृष्ण प्रसाद शर्माज्यूले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउतज्यूलाई लुम्बिनी प्रदेशमा स्वागत गर्नुभयो ।स्वागतको क्रममा दुई प्रदेशबिच उद्योगी व्यवसायीको हकहितको लागि सामूहिक रूपमा विषयहरूको उठान र पहल गर्न प्रतिबध्दता सहित दुई प्रदेशबीचको समन्वय थप सुमधुर गराउनुपर्ने विषयमा प्रतिबध्दता व्यक्त गरियो ।सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका पदाधिकारीज्यूहरु ,कार्यसमिति सदस्यज्यूहरु एबं विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरुको समेत सहभागिता रहेको थियो ।