कृषि उत्पादन तथा बजारीकरण व्यावसायिक साझेदारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृषि उत्पादन तथा बजारीकरण व्यावसायिक साझेदारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न मिति २०८२साल भदौ १६ गते सोमबारको दिन  नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको समन्वयमा तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा  कृषि उत्पादन तथा बजारीकरण व्यावसायिक साझेदारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो। राष्ट्रिय खाद्य बैंकका अध्यक्ष सहित पदाधिकारीहरू ,उद्योगी व्यवसायी र कृषि सँग सम्बन्धित संस्थाका प्रतिनिधिबीच रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघमा कार्यक्रम सम्पन्न गरियो।उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्षज्यूले राज्यले कृषिमा ध्यान दिए कृषिबाट देशलाई आत्मनिर्भर बनाउन सकिने भन्दै निजी क्षेत्रले कृषि क्षेत्रमा लगानी गरेको भन्ने धारणा व्यक्त गर्नुभयो।