नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्णप्रसाद शर्माज्यूको प्रमुख आतिथ्यतामा अध्यक्षज्यूले सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको मिति २०८२।०६।०८ गते देखि १२ गते सम्म संचालन हुने दशै सस्तो बजारको समुद्घाटन गरी उक्त कार्यक्रमको प्रारम्भ गर्नुभयो । उक्त कार्यक्रममा अध्यक्षज्यूले स्वदेशमै उत्पादन हुने उत्पादित वस्तुको जानकारी सहित आम नागरिकलाई सुपथ मूल्यमा वस्तु बिक्री वितरण गर्ने कार्यको प्रशंसा गर्नुभयो ।