मिति २०८२ साल मंसिर ११ गते नेपाल सरकारका अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनालज्यू भैरहवामा Sicci Rupandehi मा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्ण प्रसाद शर्माज्यूले विशिष्ट अतिथिको भुमिका निर्वाह गर्नुभयो । उक्त कार्यक्रममा अध्यक्षज्यूले लुम्बिनी प्रदेशकोआर्थिक विकास र व्यवसायिक सुधारका विषयहरु ,लुम्बिनी प्रदेशको अथाह भण्डारका रूपमा रहेको र प्रदेश सरकारको राजस्वको स्रोत समेत रहेको खानीजन्य, नदिजन्य (गिट्टि बालुवा )उत्पादनहरूको एक तहको प्रसोधन पश्चात् भारततर्फ निकासीको व्यवस्था गर्नु पर्ने भैरहवा भन्सारमा निर्माणाधीन ICP को समयमै Railway Connectivity मा विशेष जोड दिनु पर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो र निरन्तर सञ्चालनका लागि आवश्यक ठोस नीति निर्माण गर्नु पर्र्ने, लुम्बिनी प्रदेशको विभिन्न भन्सार नाकाहरुको सुधार लगायतका विषयहरु सम्बोधनका लागि अनुरोध सहित लुम्बिनी प्रदेशमा आर्थिक पूर्वाधार विकास तथा व्यवसायिक समस्या समाधानका लागि १५ बुदेँ ज्ञापन पत्र समेत हस्तान्तरण गर्नुभयो ।उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका पदाधिकारी तथा पदेन सदस्यज्यूहरुको समेत सहभागिता रहेको थियो ।