उद्योग वाणिज्य महासंघको प्रदेश भेला र व्यसायीक एकाताको आवश्यकतामा जोड

मिति २०८२ साल पौष ७ गते सोमबार प्रदेश राजधानी दाङ्ग लमहीमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशद्वारा आयोजित प्रदेश भेला कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्णप्रसाद शर्माज्यूको अध्यक्षतामा तथा संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष श्री गुणनिधि तिवारीज्यूको प्रमुख अतिथिको आतिथ्यतामा सम्पन्न गरियो ।
उक्त प्रदेश भेलामा जिल्ला नगर उद्योग वाणिज्य संघहरुले भोग्नुपरेका समस्याहरू,विद्यमान आर्थिक अवस्थाबाट अगाडि बढ्नका लागि अपनाउनुपर्ने उपाय तथा महासंघका आसन्न निर्वाचन तथा गतिविधिबारे, निजी क्षेत्रको मनोबल घटेको बेलामा राज्य तहबाट मनोबल उठाउने गरी नीतिगत सुधार हुनुपर्ने विषयमा सहभागि जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले आ–आफ्नो बिचार व्यक्त गरेका थिए । भेलामा छलफलको क्रममा व्यवसायिक सुरक्षा, व्यवसायिक एकता,लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन, आर्थिक विकास र आसन्न महासंघको निर्वाचन केन्द्रित छलफल गरिने उद्देश्य समेतले प्रदेश भेलाको आयोजना गरिएको , व्यवसायिक एकताले नै हामीलाई सफल बनाउने भएकोले जे जति चुनौतीहरु हाम्रासामु छन्, तिनको समाधान भनेकै हामीहरुबीचको एकताले निर्धारण गर्छ र व्यवसायी साथीहरुको साथबाट नै लुम्बिनी प्रदेशले उद्योग वाणिज्य महासंघले यस प्रकारको उचाई लिन सफल भएको बिचार ब्यक्त गर्नु भएको थियो ।
प्रदेश भेलाको उद्घघाटन लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष गुणनिधि तिवारीले गर्नुभएको थियो । भेलामा १२ जिल्लाका ३३ वटा उद्योग वाणिज्य संघहरुका अध्यक्ष, पदाधिकारी र प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थयो साथै । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु किसोर आचार्य, जम्सेर अलि मिया, मोहन श्रेष्ठ, उज्वल कसजु केशव भण्डारीज्यूहरुले भेलालाई सम्बोधन गर्दै व्यावसायिक सुरक्षालाई प्रमुख विषय बनाउनुपर्ने सुझावहरु दिनुभएको थियो । जिल्लानगर उपाध्यक्ष बालकृष्ण सुबेदीज्यूको सञ्चालन, एशोसियट उपाध्यक्ष कुलप्रसाद न्यौपानेज्यूको धन्यवाद मन्तब्यमा सम्पन्न सो उक्त भेलामा नेउबा महासंघ लुम्बिनी प्रदेशका पदाधिकारीहरुज्यू, कार्यसमिति सदस्यज्यू,सल्लाहकार समिति सदस्यज्यूहरू कार्यकारी निर्देशक श्री आनन्द खनाल लगायत,जिल्ला नगर उद्योग वाणिज्य सङ्घका प्रतिनिधि ज्यूहरुको समेत सहभागिता रहेको थियो ।