संस्थागत रणनीति विकास कार्यशाला गोष्ठी सम्पन्न

संस्थागत रणनीति विकास कार्यशाला गोष्ठी सम्पन्न

२०७८ मंसिर ९ गते

 

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको रणनितिक कार्य योजना गोष्ठी सम्पन्न भएको छ । GIZ स्थानिय र आर्थिक विकास LPED को सहकार्य तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको आतिथ्यतामा दाङ घोराहीमा कार्य योजना गोष्ठी सम्पन्न भयो । २ दिने उक्त कार्यशाला गोष्ठीको समुद्घाटन समारोह नेउवामहासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष श्री चण्डीराज ढकाल प्रमुख अतिथि र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री दिनेश श्रेष्ठको विशिष्ट अतिथि रहनु भएको थियो । प्रदेश उद्योग वाणिज्य संघको क्षमता अभिवृद्धिमा महत्वपुर्ण भुमिका रहने तथा कार्ययोजनाबाट निस्केको निष्कर्ष महासंघको लागि समेत मार्ग दर्शन हुने विचार प्रमुख अतिथि र विशिष्ट आतिथिले राख्नु भएको थियो ।

 

प्रदेशका करिब ३६ वटा जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको रणनितिक कार्य योजना गोष्ठीले विभिन्न अल्पकालिन तथा दीर्घकालिन लक्ष्यहरु निर्धारण गर्दै आगामी ५ वर्ष भित्र नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशलाई प्रदेशको सम्पुर्ण निजी क्षेत्रको नेतृत्वदायी महासंघको रुपमा विकास गर्दै उद्योगी व्यवसायीका समस्या समाधानमा सवल बनाउने लक्ष्य निर्धारण गरिएको थियो ।