नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आठौँ प्रदेश सभा तथा चौथो निर्वाचन सम्पन्न ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आठौँ प्रदेश सभा तथा चौथो निर्वाचन सम्पन्न ।
आठौ प्रदेश सभा २०८२ समुद्घाटन समारोह
मिति २०८२ चैत्र २१ गते शनिबार रुपन्देही भैरहवामा सम्पन्न यस नेपाल उद्योग वाणिज्य महासघं लुम्बिनी प्रदेशको आठौँ प्रदेश सभाको अध्यक्ष श्री कृष्ण प्रसाद शर्माज्यूको अध्यक्षता एबम् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालज्यूको प्रमखु आतिथ्यता , नेपाल उद्योग वािणज्य महासंघका बरिष्ठ उपाध्यक्ष श्री अन्जन श्रेष्ठज्यूको विशिष्ठ आतिथ्य एवंम महसंघका पूर्व बरिष्ठ उपाध्यक्ष श्री भाष्करराज राज कर्णिकार, नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष श्री सुरकृष्ण बैद्यज्यू , नेपाल उद्योग वाणिज्य महांघका वस्तुगत उपाध्यक्ष श्री हेमराज ढकालज्यू, बाग्मती प्रदेश अध्यक्ष श्री दिलसुन्दर श्रेष्ठज्यू, पूर्व कार्यकारिणी सदस्य तथा सन्धिखर्क नगरपालिकाका प्रमुख श्री कृष्णप्रसाद श्रेष्ठज्यूको आतिथ्यमा सम्पन्न भएको थियो । पहिलो चरणमा उद्घाटन सत्र र दोस्रो चरण बन्द सत्र गरी दुई चरणमा भएको उक्त सभामा नेपाल उद्योग वाणिज्य महासघंका कार्यकारणी सदस्यज्यूहरु श्री जमशेर अलि मिया, श्री किसोर अचार्य, भीष्मप्रसाद न्यौपाने, राजेशकुमार अग्रवाल, श्री उज्वल कसजु, श्री केशब भण्डारी , मोहन श्रेष्ठ लगयात कार्यकारिणी सदस्यज्यूहरु, पूर्वकेन्द्रिय सदस्य,प्रदेश अध्यक्ष , जिल्ला÷नगर उद्योग वाणिज्य सघंका अध्यक्षहरु, गा.पा उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु, जिल्ला नगरका पूर्व अध्यक्ष सदस्यहरु एसोसिएट सदस्यहरुको सहभागिता थियो ।
प्रदेश अध्यक्षज्यूको स्वागत मन्तव्य प्रमुख आतिथि उपाध्यक्षज्यूबाट दिप प्रज्वलन गरी प्रदेश आठौँ सभाको सुभारम्व गरिएको थियो । समुद्घाटन समारोहका अध्यक्षज्यूले स्वागत सम्बोधनको क्रममा विद्यमान न्यून आर्थिक बृद्धि दर, सुस्त आर्थिक गतिबिधि अधिक तरलताको समस्याको कारण उद्योगी व्यवसायीहरु समस्यामा रहेकोले उद्योगी व्यवसायीहरुको मनोवल उच्च राख्ने गरी नयाँ सरकारले कार्य गर्नु पर्ने ,लुम्बिनी प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने औद्योगिक व्यवसायिक नीति, निर्माण गर्दा निजी क्षेत्रको सुझावहरु सम्बोधन गर्नु पर्ने र लुम्बिनी प्रदेशमा गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनको लागि महासंघ सशक्त भएर लाग्नुपर्ने विचार ब्यक्त गर्नु भएको थियो । यसै गरी नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष श्री सुरकृष्ण बैद्यज्यूले निजी क्षेत्रलाई सरकारको साझेदारको रुपमा हेरिनुपर्ने, वस्तुगत उपाध्यक्ष हेमराज ढकालज्यूले नयाँ सरकारले निजी क्षेत्रलाई सहजहुने गरी स्थितर नीति ल्याउनु पर्ने विचार व्यक्त गर्नु हुँदै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले भव्य रुपमा आयोजना गरेको आठौँ प्रदेश सभाको सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रमका बिशिष्ठ अतिथि नेपाल उद्योग वणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठज्यूले सदस्यहरुको सुझावका आधारमा महासंघको अगामी नेतृत्वले कार्य गर्ने तथा आफुले आगामी दिनमा योजनाबद्ध तरिकाले निजी क्षेत्रका समस्याहरु समाधानका लागि सरकारसंग डटेर लाग्ने बिचार व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि अध्यक्ष श्री चन्द्र ढकालले महासंघले विधान संसोधन गरी सबै जिल्ला नगरहरुको माग सम्बोधन गरेको, सरकार संग निजी क्षेत्रको तथा महासंघको महत्वलाई उजागर गदै सरकारको आर्थिक सल्लाहकारको रुपमा लिने गरी कार्य गरेको बिचार व्यक्त गर्दै लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघले गरेका गतिविधिहरुका कारण यो सफल प्रदेश महासंघको रुपमा रहेको बिचार व्यक्त गर्दै आठौ प्रदेश सभाको सफलताको शुभकामान व्यक्त गर्नु भएको थियो । प्रदेश सभाको अवसरमा नेउबामहासंघका संस्थापक अध्यक्ष श्री गुणनिधि तिवारीज्यूलाई उँहाले नेउबामहासंघ लुम्बिनी प्रदेशको विकासमा अतुलनीय योगदान पु¥याउनु भएको योगदानको कदर आठौँ प्रदेश सभा २०८२ को सुभ अवसरमा कदर सम्मान प्रदान गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी निर्देशक श्री आनन्द खनालको सञ्चालन गर्नु भएको उक्त प्रदेशमा पदाधिकारी, कार्यसमिति सदस्यज्यूहरु, वस्तुगत तथ एसोशियटका प्रतिनिधिज्यूहरु एवं संचारकर्मिहरुको सहभागिता रहेको थियो ।
आठौ प्रदेश सभाको वन्द सत्रको समापन पश्चात कार्यकारी निर्देशक श्री आनन्द खनालले नेउबामहासंघको चौथौ निर्वाचन प्रक्रिया अगाडी बढाउनका लागि प्रमुख निर्वाचन अधिकृत श्री धर्मबहादुर खडकाज्यूलाई फ्लोर हस्तान्तरण गर्नु भयो ।
प्रमुख निर्वाचन अधिकृत श्री धर्मबहादुर खडका, निर्वाचन अधिकृतहरु श्री तुलसिराम ढकाल र श्री लोकनाथ पन्थबाट प्राप्त निर्वाचन प्रतिवेदन अनुसार नेपाल उद्योग वाणिज्य महासंघको विधानको अधिनमा रहि सम्पन्न नेपाल उद्येग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आठौ प्रदेश सभा तथा चौथो निर्वाचन २०८२ मा तपसिलका महानुभवाहरु निर्वाचित तथा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
१. श्री ठाकुरकुमार श्रेष्ठ अध्यक्ष (सिद्धार्थ उबासंघ रुपन्दही)
२. श्री टंक सिहं बुढाथोकि उपाध्यक्ष जिल्ला ÷नगर (दाङ जिल्ल उबासंघ)
३. श्री राजु महर्जन उपाध्यक्ष एसोशियट (होटल इन्द्रेणी एण्ड रेष्टुरेन्ट)
४. श्री लेखनाथ न्यौपाने कोषाध्यक्ष (बर्दघाट उबासंघ ,नवलपरासी)
५. श्री ओमप्रकास अग्रहरी सदस्य जिल्ला÷नगर (नवलपरारी उबासंघ)
६. श्री माधबराज भण्डारी सदस्य जिल्ला÷नगर (प्यूठान उबासंघ)
७. श्री बद्रिनाथ बराल सदस्य जिल्ला÷नगर (बाँसगढी उबासंघ)
८. श्री सौरभ अग्रवाल सदस्य एसोशियट (सिद्धार्थ सिमेन्ट उद्योग प्रा.लि)
९. श्री युबाराज पोखरेल सदस्य एसोशियट (स्रमाट एग्रिगेट बालुवा वासिङ्ग प्रा.लि.)
१०. श्री कृष्णप्रसाद घिमिरे बस्तुगत (नेपाल भन्सार ऐजेष्ट संघ, रुपन्देही)