नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथौ कार्यकारिणी समितिको पदस्थापन समारोह सम्पन्न 

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथौ कार्यकारिणी समितिको पदस्थापन समारोह सम्पन्न 
मिति २०८३ जेष्ठ ३ गते नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथौ कार्यकारिणी समितिको पदस्थापन समारोह अध्यक्ष श्री ठाकुरकुमार श्रेष्ठज्यूको अध्यक्षता , लुम्बिनी प्रदेशका माननीय मुख्य मन्त्री श्री चेतनारायण आचार्यज्यूको प्रमुख अतिथ्यता , निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष श्री कृष्णप्रसाद शर्माज्यूको विशिष्ठ आतिथ्यता , संस्थापक अध्यक्ष श्री गुणनिधि तिवारीज्यू, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यज्यूहरुको उपस्थितिमा सम्पन्न गरियो । सो पदस्थापन समारोहमा उपस्थित सबलाई स्वागत मन्तब्यको क्रममा ठाकुरकुमार श्रेष्ठज्यूले सम्पूर्ण जिल्ला÷नगर अध्यक्षज्यूहरू, बस्तुगत सदस्यज्यूहरु तथा एसोसिएट सदस्यहरू लगायत सबैलाई  आभार तथा धन्यवाद व्यक्त गर्दै माननीय मुख्यमन्त्रीज्यू समक्ष नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रेदेशको धारणा राख्दै यसैले राज्यले निजी क्षेत्रलाई केवल करदाताका रूपमा मात्र नहेरी, राष्ट्र निर्माणको एक अपरिहार्य र अभिन्न ’सारथी’ का रूपमा स्वीकार गर्नु पर्ने , ओभरलोड नियन्त्रणको नाममा देखिएको समस्या,  एमआरपी  सम्बन्धी अव्यवहारिक समस्या,  र समस्यामा परेका उद्योगी व्यवसायीहरुलाई प्रदेश सरकारबाटस्पष्ट नीति तथा ठोस राहत प्याकेजको अपेक्षा राखेको,  राज्यले कुनै पनि व्यावसायिक मुद्दामा एकतर्फी कारबाही गर्नुअघि पहिला व्यवसायीका कुरा सुन्ने वातावरण बनाउनुपर्छ र गल्ती नै देखिएमा पनि फौजदारी अपराध जस्तो व्यवहार नगरी आर्थिक जरिवाना वा सुधारात्मक नीति अपनाउनुपर्छ भन्ने हाम्रो स्पष्ट माग सहित सबैलाई स्वागत गर्नु भएको थियो । सम्बोधनको क्रममा निर्वातमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माज्यूले अफुले साना तथा मझौला उद्योगी व्यवसायील भोग्नुपरेको विभन्न समस्याको समाधानका लाग नेपाल सरकार संग पहल गर्ने विचार व्यक्त गर्नु हुँदै नँया कार्यकारिणी समितको सफलताको शुभकामना  व्यक्त गर्नु भएको थियो । 
यसै गरी प्रमुख अतिथि माननीय मुख्य मन्त्री चेतनारयण अचार्यज्यूले उद्योगी–व्यवसायीहरूको हकहितका लागि लुम्बिनी प्रदेश सरकार सधैं रक्षाकवज बनेर हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्ने  तथा लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको मेरुदण्ड नै निजी क्षेत्र रहेकोले व्यवसायीलाई थुनेर र हतोत्साहित गरेर मुलुक अघि बढ्न नसक्ने भन्दै संघीय सरकारको ध्यानाकर्षण गराउँदै  प्रदेश सरकार निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि सधैं साथमा रहने बिचार व्यक्त गर्नु भएको थियो । उक्त पदस्थापन समारोका बिभिन्न जिल्ला नगर उद्योग  वाणिज्य संघका अध्यक्षज्यूहरु , पदाधिकारीज्यहरु, महासंघका कार्यकारिणी सदस्यज्यूहरु, वस्तुगत संघका अध्यक्षज्यूहरु, एशोसियट सदस्यज्यूहरु तथा उद्योगी व्यवसायीहरुको उल्लेख्य सहभगिता रहेको थियो ।