प्रदेश उद्योगी ब्यवसायीहरुका  समस्या समाधान बारे छलफल तथा अन्तरक्रिया

प्रदेश उद्योगी ब्यवसायीहरुका  समस्या समाधान बारे छलफल तथा अन्तरक्रिया  
२०७८।११।०९ गते 

नेपाल  उधोग वाणिज्य महासंघ लुम्विनी प्रदेशको उधोग प्रवर्द्धन समितिको बैठक समितिका संयोजक दिपक कुमार पौडेलको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । 

उक्त समितिले आयोजना गरेका बैठक तथा छलफल क्रममा १०० प्रतिशत एल.सी., बढ्दो ब्याज दर, सामाजिक सुरक्षा कोष, आयात निर्यातमा देखिएका समस्याहरु बारे छलफल गरिएको थियो । छलफलको क्रममा  एल.सी. मार्जिन खुल्ला ब्याज दरको अवधाराणा भन्दा बाहिरको भएकोले सो खारेजी गरिनु पर्ने । बैङ्क ब्याजदर एकल विन्दुमा राख्नु पर्ने, क्रेडिट रेटिङ तथा सामाजिक सुरक्षा कोष नेपाली नागरिकहरुमा मात्र सिमित राख्दै क्रमिक रुपमा लागू गर्नु पर्ने तथा पूर्वाधार विकास गरी आयात निर्यातमा सहज गर्नु पर्नेमा छलफल भएको थियो । छलफलमा प्रमुख अतिथि तथा संयोजकले उद्योगीले उठाएका विषय वस्तुहरु समस्तमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशले पहल गरी समस्या समाधानमा लाग्ने विचार ब्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, बुटबल उद्योग वाणिज्य संघ लगायतका विभिन्न जिल्ला/नगर उद्योग वाणिज्य संघका अध्यक्षहरु तथा पदाधिकारीहरु एवं उद्योगी ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।