सेजका समस्या तथा निर्यात प्रवर्द्धन सम्बन्धी छलफल सम्पन्न

सेजका समस्या तथा निर्यात प्रवर्द्धन सम्बन्धी छलफल सम्पन्न २०७८ चैत्र ३ गते 

नेपाल सरकारको नीति अनुसन्धान प्रतिष्ठानबाट आउनु भएका पदाधिकारीज्यूहरुसंग विशेष आर्थिक क्षेत्र सेजमा भएका नीतिगत समस्या र निर्यात प्रवर्द्धन सम्बन्धी छलफल कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेजका निर्यातको प्रतिशत ६० बाट घटाउनुपर्ने, अन्तर सरकारी निकाय समन्वय गरिनुपर्ने, एकद्वार प्रणाली अवलम्वन गरिनुपर्ने, बिद्युत लगायतका पूर्वाधारहरु सम्पन्न गरी उद्योगीहरुलाई सेवा प्रदान गर्नु पर्ने, निर्यात प्रवर्द्धनको लागि निर्यातकर्ताहरुलाई सुविधा दिइनुपर्ने, भन्सार सुधार गर्नुपर्ने सुझावहरु बिषय प्रदेशबाट दिइएको थियो । 

उक्त छलफल कार्यक्रमा नीति अनुसन्धानका अध्यक्ष कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती तथा पदाधिकारी र नेउवामहासंघ लुम्बिनी प्रदेशका पदाधिकारी, सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारी तथा उद्योगीहरुको उपस्थिति रहेको थियो ।