वर्तमान विद्युत संकटका सम्वन्धमा नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको प्रेश विज्ञप्ती (२०७८।१२।१६)


नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका उद्योगहरुको निर्वाध संचालनमा अत्यावश्क रहेको विद्युतको नियमित आपूर्ति गर्नु पर्नेमा नेपालविद्युतप्राधिकरणले  विद्युतको व्यवस्थापनगर्न नसकी विद्युत नपाएको भनि प्राधिकारणले यस क्षेत्रका उद्योगहरुमा गत हप्ता देखि १२ देखि १४  घण्टा सम्म अघोषित रुपमा लोडसेडिङ  गरिए सरह विद्युत कटौतीप्रति नेपालउद्योग वाणिज्य महासंघ,लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । 

पछिल्लो समयमा प्रायः दैनिकजसो सरकार तथाप्राधिकरणका जिम्मेवार पदाधिकारीहरुबाट उद्योगमै पुगेर चाहिएजतिविद्युत दिन्छौं भन्दै लगानी बढाउन प्रेरित गरिरहेको अवस्थामा अकस्मात विद्युत संकटको अवस्था सिर्जना भएको भनि विद्य्त आपूर्ति कटौटी गरिनु जस्तो गैरजिम्मेवारी विषयमा हामीले सरकारको जवाफदेहिता खोजेका छौं । 

करिव ३ बर्षदेखि कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्रले केहि महिना देखि  भोग्नु परेको वित्तीय संकट तथा वढ्दो व्याजदरले प्रताडित भएको कठीन अवस्थामा अघोषित रुपमा देखिएको लोडसेडिङले उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जन ाभएको छ । यो अवस्थामा सम्वन्धित निकाय गम्भीर भई तत्काल विद्युत आपूर्ति सूचारु नगर्ने हो भने सम्पूर्ण उद्योगहरु वन्दगर्न वाध्यहुने र यसबाट सिर्जना हुने थपआर्थिक क्षति प्रति गम्भीर हुन नेपाल सरकार लगायत  सम्वन्धित सबै पक्षलाई आग्रहगर्दछौं । 

नेपाल विद्युतप्राधिकरणका कार्यकारी निर्देशकले जुनसुकै मूल्यमा भए पनिउद्योग व्यवसाय क्षेत्रलाई विद्युत उपलब्ध गराउने, लोडसेडिङ नगर्ने भनि आवश्वासन र  प्रतिवद्धता जनाएपनि दुई दिन मै फेरी १२ देखि १४ घण्टा लामो विद्युत कटौति गर्ने कार्यले भनाई र गराईमा फरक पारेकोमा जिम्मेवार पदाधिकारीको विश्वस्नियता प्रश्नचिन्ह खडा भएको छ । विद्युतको मुल्य वृद्धि भएको जनाई कटौति  गर्न नमिल्ने, उद्योगलाई आवश्यक विद्युत उपलब्ध गराउने दायित्व सरकारको भएको हुनाले उद्योग व्यवसाय संचालनगर्न आवश्यक विद्युत नियमित आपूर्ति गरिनु पर्दछ भन्ने हाम्रो जोडदार माग रहेको छ ।     

अतःवर्तमान चूनौतिपूर्ण अवस्थामा, प्राधिकरणले  जिम्मेवारी एवं जवाफदेहिता बहन गर्दै विद्युत आपूर्ति अवरुद्ध भई उद्योग व्यवसाय  ठप्प हुने अवस्था बाट  उद्योग र राष्ट्रले व्यहोर्नुपर्ने क्षतिलाई गम्भिररुपमा लिई  हाल देखिएको उर्जा संकटलाई अविलम्व समाधान गरी उद्योगहरुमा निरन्तर विद्युत आपूर्तिको व्यवस्थाका लागि अनुरोध गर्दछौं ।