नेपाल–भारत आर्थिक साझेदारी सम्मेलन २०८० 

नेपाल–भारत आर्थिक साझेदारी सम्मेलन २०८० 
  २०८० फागुन २३ गते  नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश तथा पिएजडी च्याम्बर अफ कमर्श भारतको संयुक्त अयोजना तथा नेपाल एसबिर्आइ बैंकको संयोजनमा रुपन्देही भैरहवामा नेपाल–भारत आर्थिक साझेदारी सम्मेलन २०८० को आयोजना गरियो । कार्यक्रममा नेपाली उत्पादन भारत निर्यात गर्न सघाउन नेपाली व्यवसायीले आग्रह गरेका छन् । भारतले विभिन्न कारण देखाएर नेपाली उत्पादन निर्यातमा बाधा पु¥याएका कारण व्यवसायीले सो आग्रह गरेका हुन् । 
भैरहवामा आयोजित ‘नेपाल–भारत आर्थिक साझेदारी सम्मेलन’ प्रदेश अध्यक्ष श्री कृष्णप्रसाद शर्माज्यूले  नेपाली वस्तुको निर्यातमा भारतले गर्दै आएको अवरोधको निराकरण गरिनुपर्ने नेपालबाट निर्यात हुने जडीबुटी, सिमेन्टलगायत वस्तुमा भारतले गुणस्तरको कुरा उठाउँदै अवरोध गर्ने प्रवृतिको समाधन तथा  भारतको लखनउमा मात्र क्वारेन्टाइन कार्यालय रहेका कारणसमेत अप्ठ्यारो परेकाले सुनौलीमै सो कार्यालय स्थापनाको पहल गरिदिन अनुरोध गर्नुभएको थियो । भने, ‘पहिला साबुन निर्यातमा अवरोध गरेजस्तै भारतले अहिले सिमेन्टमा पनि अवरोध गरिरहेको छ ।
निर्माणाधीन एकीकृत जाँच चौकीसम्म रेलको सुविधा प्रदान गर्न अध्यक्ष शर्माले भारतीय पक्षसँग आग्रह गरे ।नेपालका लागि भारतका पूर्वराजदूत मञ्जिभसिंह पुरीले नेपाली वस्तुको गुणस्तरमा ध्यानदिन व्यवसायीलाई आग्रह गरे ।सम्मेलनमा तथा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोख्ररेल लगायतले दुईपक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारले महत्वपूर्ण भुमिका खेल्दै समस्याको समाधान गर्नुपर्नेमा विचारहरु व्यक्त गर्नुभएको थियो । उक्त सम्मेलनमा नेपाल र भारतका विभिन्न उद्योगी व्यापारी सङ्गठनका प्रतिनिधि सहभागीता थियो ।